शिक्षा मन्त्रीको छोरा चढेको सरकारी गाडी दुर्घटना, मन्त्री प्रमिला कुमारीको दबाबमा गुपचुप

पाँजलो न्युज
९ असोज २०८० २:५८
शिक्षा मन्त्रीको छोरा चढेको सरकारी गाडी दुर्घटना, मन्त्री प्रमिला कुमारीको दबाबमा गुपचुप

शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीका छोरा राहुल चढेको सरकारी गाडीले मोटरसाइकल र कारलाई ठक्कर दिए पनि मन्त्रीको दबाबमा मिलापत्र गराइयो

शिक्षा विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमिला कुमारीको दबाबमा सरकारी गाडी दुर्घटनाको घटना मिलापत्रमा टुंग्याइएको छ । शनिबार बिहान ४:३० बजे काठमाडौंको फर्पिङमा शिक्षा मन्त्रालयको बिएबी ७३८५ नम्बरको स्कारपियो गाडी दुर्घटना भएको थियो । प्रहरीका अनुसार स्कारपियोमा राज्यमन्त्री कुमारीका छोरा राहुल रोय र उनका पिए विजय यादव सवार थिए ।

 

“प्रहरी स्रोतका अनुसार स्कारपियोमा रहेका दुवैजनाले मापसे गरेका थिए । त्यसैले स्कारपियोले नियन्त्रण गुमाएको अनुसन्धानबाट देखिन्छ । पक्राउ परेकाहरूलाई छाड्न माथिको चर्को दबाब थियो । त्यसैले प्रहरीले पीडितसँग कुराकानी गरेको थियो । उनीहरू पनि मिलापत्रमा जान तयार भए र कागजात गरेर उनीहरूलाई छाडिएको हो” ।

स्कारपियो यादवले चलाएका थिए । फर्पिङबाट काठमाडौं फर्किँदै गरेको स्कारपियोले एउटा मोटरसाइकल र कारलाई ठक्कर दिएको थियो । ठक्करबाट स्कारपियोको आगाडिको भाग क्षति भएको छ । त्यस्तै, मोटरसाइकल र कारमा पनि क्षति पुगेको छ । दुर्घटनालगत्तै प्रहरीले रोय र यादवलाई पक्राउ गरेको थियो । तर, मन्त्री कुमारीको दबाबपछि दुवैलाई प्रहरीले आइतबार बिहान छाडेको हो ।

प्रहरी वृत्त कीर्तिपुरका प्रमुख डिएसपी राजु लामाले घटना मिलापत्रमा टुंगिएको बताए । उनले भने, ‘दुर्घटना भएको हो । दुईजना पक्राउ परेका थिए । पीडितसँग मिलापत्रपछि पीडितकै आग्रहमा उनीहरूलाई छाडिएको हो ।’

मोटरसाइकल तथा कारमा ठक्कर दिएको प्रहरीको भनाइ छ । मोटरसाइकलमा अच्युत पाठक र दीपक थपलिया सवार थिए भने कारमा रमेश श्रेष्ठ र प्रकाशमान श्रेष्ठ सवार थिए । जसमध्ये मोटरसाइकलमा सवार पाठक र थपलिया सामान्य घाइते भएको प्रहरीको भनाइ छ ।

प्रहरी स्रोतका अनुसार स्कारपियोमा रहेका दुवैजनाले मापसे गरेका थिए । त्यसैले स्कारपियोले नियन्त्रण गुमाएको अनुसन्धानबाट देखिन्छ । पक्राउ परेकाहरूलाई छाड्न माथिको चर्को दबाब थियो । त्यसैले प्रहरीले पीडितसँग कुराकानी गरेको थियो । उनीहरू पनि मिलापत्रमा जान तयार भए र कागजात गरेर उनीहरूलाई छाडिएको हो ।

स्कारपियोचालक यादवले दुर्घटना भएको स्वीकार गरे । तर, दुर्घटना मापसेको कारण नभएको उनको भनाइ छ । उनले भने, ‘शनिबार बिहान ४:३० बजेतिर सामान्य दुर्घटना भएको हो । गाडी मैले नै चलाएको हुँ । हामी दक्षिणकाली मन्दिर दर्शन गरेर फर्कँदै थियौँ । यहीबीचमा दुर्घटना भएको हो । कुरा मिलिसकेको छ । हामीले मापसे गरेका थिएनौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *