डोटीमा सामाजिक सेवा दिवसको अवसरमा बिरामीलाई फलफूल

गणेश मौनी
७ असोज २०८० ३:५६
डोटीमा सामाजिक सेवा दिवसको अवसरमा बिरामीलाई फलफूल

डोटी, डोटीमा सामाजिक सेवा दिवसको अवसरमा बिरामीहरूलाई फलफूल वितरण गरिएको छ ।
४४ औँ सामाजिक सेवा दिवसको अवसरमा शनिबार जिल्ला अस्पताल डोटीमा भर्ना भएका बिरामीहरूलाई फलफूल वितरण गरिएको गैर सरकारी संस्था महासंघ डोटी शाखाले जनाएको छ ।
फलफूल वितरण कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख बाजि सिंह खड्काले गैरसरकारी संस्थाहरूले सामाजिक सेवाका क्षेत्रमा महत्त्वपूर्ण काम गरेको बताए । नगर प्रमुख खड्का भने, ‘स्थानीय र नागरिक संस्था मिलेर जानु पर्दछ । मन वचन र कर्मले सेवामा सबैले लाग्नु पर्दछ।’
कार्यक्रममा बोल्दै गैरसरकारी संस्था महासंघका पूर्व केन्द्रीय सदस्य लक्ष्मण खड्काले समाज सेवामा नागरिकहरूको आकर्षण अनि नयाँ पुस्तालाई समाज सेवाप्रति अभिप्रेरित गर्नका लागि दिवसको महत्व रहेको बताए ।
कार्यक्रममा बोल्दै जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष धनबहादुर नेपाली सामाजिक सेवामा गैरसरकारी संस्थाहरूले उदाहरणिय कार्य गरेको बताए । पछिल्लो समय गैरसरकारी संस्थाहरुले सामाजिक भाव घटाउदै गएकोले सचेत रहन अनुरोध गरे।
गैरसरकारी संस्था महासंघ डोटीका कार्यवाहक अध्यक्ष तीर्थ पन्तले सामाजिक क्षेत्रमा गैरसरकारी संस्थाहरू निरन्तर रूपमा कार्य गर्दै आइरहेको बताए । जुन उद्देश्यले संस्था जन्मिएका हुन् सोही अनुसार कार्य गर्न जोड दिए। कार्यक्रममा सहभागि सबैलाई धन्यबाद समेत ब्यक्त गरेका थिए ।
गैरसरकारी संस्था महासंघ डोटीको आयोजना तथा सामुदायिक विकास केन्द्र डोटी, गुड नेभर ईन्टरनेशनल ,सिड नेपाल र सम विकास केन्द्र डोटी लगायतका विभिन्न संघ संस्थाहरुको सहकार्यमा बिरामीहरुलाई फलफुल वितरण गरिएको गैर सरकारी संस्था महामंघ डोटी शाखाका सचिब भत्तराज उपाध्यायले बताउनु भयो । कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधी, सरकारी तथा गैरसरकारी संघ सस्थाका प्रतिनिधी, नागरिक समाज, पत्रकार लगाएतको सहभागिता रहेको थियो । २०३४ साल असोज ६ मा समाज कल्याण परिषद्को स्थापना भएको दिनको अवसर पारेर यो दिवस मनाइँदै आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *