काठमाडौं- नेपाल शिक्षक महासंघले आजदेखि आन्दोलन गर्ने भएको छ । शिक्षा विधेयकप्रति असन्तुष्टि जनाउँदै महासंघले बुधबारदेखि काठमाडौंमासडक आन्दोलन गर्न लागेको हो ।
आन्दोलनमा सहभागी हुन बुधबार बिहान ११ बजे माइतीघर मण्डला सहभागी हुन महासंघले शिक्षकहरूलाई आग्रह गरेको छ ।
महासंघले विभिन्न १८ बुँदे असहमति राखेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिका अन्तर्गत नबस्नेसहितका माग छन् ।
महासंघको आन्दोलनले देशभरको पठनपाठन प्रभावित बन्ने भएको छ ।
प्रतिक्रिया