बैतडीमा एक मेडिकल सञ्चालक बिरुद्द मुद्दा दर्ता

पाँजलो न्युज
२३ भदौ २०८० ८:०३
बैतडीमा एक मेडिकल सञ्चालक बिरुद्द मुद्दा दर्ता

बैतडी- बैतडीमा एक मेडिकल सञ्चालकविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्लाको दोगडाकेदार गाउँपालिकाका ६ पन्ज्युनयाँ स्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीविरुद्ध इलाजसम्बन्धी कसुरमा मुद्दा दर्ता भएको  बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीसहितको टोलीले भदौं १९ गते अनुगमनका क्रममा कार्कीले अवैधरूपमा सञ्चालन गरिरहेका फेला परेको थियो। अनुगमन टोलीले सोही दिन मेडिकल सिल गरेर उनलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। मेडिकल दर्ता नै नभएको र स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेको पाएपछि उनलाई नियन्त्रणमा लिइएको र मुद्दा दर्ता भएर अनुसन्धानका म्याद थप पनि भइसकेको प्रहरी प्रवक्ता खत्रीले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *