डोटी, डोटी जिल्लामा पनि विभिन्न कार्यक्रमको आयोजना गरि २० आंै निजामती सेवा दिवस मनाएको छ ।
ब्यावसायिक र सिर्जनशील प्रशासन ः विकास समृद्धि र सुशासन भन्ने मुल नाराका साथ निजामती सेवा दिवस मनाईएको हो ।
निजामती सेवा सरकार र जनतालाई जोड्ने सबै भन्दा महत्वपूर्ण कडी रहेको निजामति सेवा दिवस जिल्ला समारोह समिति डोटीका संयोजक एवं डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताउनु भयो । उनले भने नागरिकलाई सेवा दिएर मात्र पुग्दैन उनिहरुको भरोसा र विश्वास पनि जित्नुपर्छ, निजामती सेवालाई ब्यावसायीक सिर्जनशिल बनाउनु पर्छ । ब्यवसायीक बन्नको निम्ती ज्ञान, सिप, प्रबिधीको ज्ञान हुनुका साथै सेवाभावको भावना हुन आवश्यक रहेको समेत प्रजिअ अर्यालले बताउनु भयो ।
दिवस समारोह कार्यक्रमका प्रमुख अथिती समेत रहेका जिल्ला समन्वय समिति डोटीका प्रमुख लक्ष्मण बहादुर सिंहले निजामती कर्मचारीहरुले गुणस्तरीय सर्बसुलभ, छिटो छरितो सेवा प्रबाह गर्नमा तत्लीन हुनुपर्ने बताउनु भयो । उनले भने हामीले राष्ट्र सेवक कर्मचारीहरुको सम्मान गर्नुपर्छ कर्मचारीहरु पनि सेवा प्रवाहमा जिम्मेबार बन्नुपर्छ । राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई दण्ड जरिमानाको ब्यवस्था आवश्यकता रहेको समेत प्रमुख सिंहले बताउनु भयो ।
दिवसको अवसरमा कर्मचारीहरुले शैलेश्वरी मन्दिर, बजार, जिल्ला अस्पताल हुदै जिल्ला प्रशासन सम्म प्रभात फेरी गरि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको दिवस समारोह समितिले जनाएको छ । दिवसको अवसरमा दिवस समारोह समितिले जिल्ला अस्पतालमा रहेका बिरामीहरुलाई फलफुल बितरण गर्नुका साथै जिल्लाका विभिन्न कार्यालयमा कार्यरत अबकास प्राप्त कर्मचारीहरुलाई सम्मान सहित बिदाई समेत गरेको थियो ।
निजामति सेवा दिवस २०८० जिल्ला समारोह समिति डोटीले आयोजना गरेको दिवस समारोह कार्यक्रममा जिल्ला स्थित सरकारी कार्यालयका कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।
प्रतिक्रिया