सचेतनामुलक कार्यक्रम सम्पन्न

पाँजलो न्युज
२० भदौ २०८० १५:३२
सचेतनामुलक कार्यक्रम सम्पन्न

डोटी, बडीकेदार गाउँपालिका वडा नम्बर २ खड्यौली बजारमा बुधबार सचेतनामुलक कार्यक्रमको आयोजना गरिएको छ ।
१७ औ मानब बेचबिखन विरुद्धको राष्ट्रिय दिवसको अवसरमा प्रहरी चौकी खड्यौलीले स्थानीय सरकार सरोकारवालको सहभागिता तथा सहकार्यमा सचेतनामुलक कार्यक्रमको आयोजना गरेको हो ।
मानब बेचबिखन विरुद्धको बारेमा आम नागरिकलाई जानकारी गराई सचेतना अभिबृद्धी गर्ने हेतुले कार्यक्रमको आयोजना गरेको प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भाष्करदत्त पन्तले बताउनु भयो ।
स्थानीयको सहभागितामा आयोजना गरेको सचेतनामुलक कार्यक्रमका सहभागिहरुले खड्यौली बजारलाई समेत सरसफाई गरेका थिए । कार्यक्रममा स्थानीय ब्यापारी, नागरिक समाज, पत्रकार बुद्धीजिबी सबैको सहभागिता रहेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *