बैतडीमा तीन वटा मेडिकल शिल

पाँजलो न्युज
२० भदौ २०८० १०:१५
बैतडीमा तीन वटा मेडिकल शिल

बैतडी- बैतडीको दोगडाकेदारका विभिन्न स्थानमा सञ्चालित तीनओटा मेडिकल शिल गरिएका छन्।

मंगलवार अनुगमनको क्रममा अवैध रुपमा सञ्चालनमा रहेका तीनओटा मेडिकल शिल गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताए।

दोगडाकेदार गाउँपालिका ६ पञ्ज्युनयाँस्थित कबीर मेडिकल हल, खोचलेकस्थित रणशैनी फार्मेसी एण्ड चन्द क्लिनिक र सिल्लेगडास्थित जोशी क्लिनिक सिल गरिएको स्वास्थ्य प्रमुख भट्टले बताए। पञ्ज्युनयाँस्थित कबीर मेडिकल हलका सञ्चालक कृष्णसिंह कार्कीलाई पक्राउ गरिएको छ। स्वास्थ्य विषय नपढेका व्यक्तिले क्लिनिक सञ्चालन गरेकोले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *