काठमाण्डौ- काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले सामाजिक सञ्जाल फेसबुकमा सिंहदरबारमा आगो लगाउने विवादित स्टाटस हटाएका छन् । चौतर्फी आलोचना भएपछि उहाँले सोमवार बिहान हटाउनुभएको हो ।
शनिवार राती मेयर शाहले फेसबुकमा लेखेका थिए ।
आजको लागी केहि भएन ,
भोलीबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने ,
सिंहदरवारमा आगो लगाइदिन्छु ।
याद राख चोर सरकार ।
सामाजिक सञ्जालमा उहाँको यस्तो अभिव्यक्तिप्रति धेरैले विरोध र आलोचना गरेका थिए ।
चौतर्फी आलोचनापछि आइतवार बेलुकी उहाँको सचिवालयले सुत्केरी अवस्थामा रहेकी मेयर पत्नी सविना काफ्लेको स्वास्थ्यमा एकाएक जटिलता तथा जोखिमयुक्त स्थिति देखिएपछि स्वास्थ्य परीक्षणका लागि सबैभन्दा छिटो प्रयोग गर्न सकिने विकल्पका रूपमा उपलब्ध रहेको सरकारी गाडी प्रयोग गरेको प्रस्टीकरण दिएको थियो ।

प्रतिक्रिया