महेन्द्रनगर- घातक लागुपदार्थ ब्राउनसुगर सेवन गरिरहेका ५ जना एकसाथ महेन्द्रनगरमा पक्राउ परेका छन् ।
भीमदत्त नगरपालिका–४ र्भासीको जिरो प्वाइन्टबाट शनिबार राति जिल्ला प्रहरी कार्यालयको गस्तीले ०.०१५ ग्राम सो पदार्थसहित उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार डोटीको पूर्वीचौकी गाउँपालका–५ का २७ वर्षीय केशु साहु, डडेल्धुराको आलिताल गाउँपालिका–७ का २८ वर्षीय बलबहादुर बुढा क्षेत्री, कञ्चनपुरको बेदकोट नगरपालिका–९ का २६ वर्षीय नबिन भट्ट र सोही ठाउँका ३० वर्षीय शिद्दराज पनेरु पक्राउ परेका हुन् ।
गस्ती टोलीले ब्राउनसुगर सेवन गरिरहेको अवस्थामा उनीहरुलाई फेला पारेको बताइएको छ ।
नियन्त्रणमा लिइएका पाँचै जनामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया