एमसीसी कार्यान्वयन आजदेखि

पाँजलो न्युज
१३ भदौ २०८० ५:३४
एमसीसी कार्यान्वयन आजदेखि

काठमाडौं- अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन एमसीसी अन्तर्गतका आयोजनाको कार्यान्वयन समय आजदेखि गणना हुँदैछ । आजको मितिदेखि पाँच वर्षभित्र आयोजना सम्पन्न हुनेगरी कार्यान्वयन शुरु हुन थालेको हो ।

पाँच वर्षभित्र आयोजना सम्पन्न नभएमा बाँकी लगानी नेपालले नै बेहोर्नुपर्नेछ । एमसीसीमार्फत अमेरिकाले नेपालमा ५० करोड अमेरिकी डलरको अनुदान सहयोग दिएको छ ।यसमा नेपालले १३ करोड डलर थपेको छ । यो सहयोगले काठमाण्डौको लप्सीफेदीबाट नुवाकोटको रातमाटे, तनहुँको दमौली हुँदै बुटवलसम्म ४ सय केभी क्षमताको विद्युत् प्रसारणलाइन र सवस्टेशनहरुको निर्माण हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *