त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरको विमान चरासँग ठोकिएपछि…

पाँजलो न्युज
१० भदौ २०८० १०:०३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा श्री एयरको विमान चरासँग ठोकिएपछि…

काठमाडौं- श्री एयरलाइन्सको विमानले चरालाई ठक्कर दिएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्ग बन्द भएको छ।

काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेको श्रीको विमानले चरालाई ठक्कर दिएसँगै विमानस्थल बन्द गरिएको हो ।

विमानस्थल बन्द गरेर धावन मार्गमा चराको खोजि भइरहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

श्रीको विमान भने सकुशल अवतरण भएको छ र यात्रु सकुशल रहेको विमानस्थलले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *