धनगढीः भीमदलकाका तत्कालिन प्रमुख प्रशासकीय अधिकृत पुष्करप्रसाद भट्ट भ्रष्टाचार मुद्दामा धरौटी बुझाएर तारेखामा छुटेका छन्। विशेष अदालतले बिहीबार भट्टबाट २ लाख रुपैयाँ धरौटी लिएर तारेखमा छोडेको हो।
महाकाली नदीको रोयल्टीमा छुट दिएर राजश्व हिनामिना गरी गैरकानुनी लाभ लिएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत १० असारमा विशेष अदालतमा दायर गरेको मुद्दाको थुनछेक बहसपछि भट्टलाई धरौटीमा छोडिएको छ।
प्रतिक्रिया