बझाङको चैनपुरमा एक परिवारमाथि मध्यरातिमा अज्ञात व्यक्तिले खुकुरी प्रहार

पाँजलो न्युज
५ भदौ २०८० ६:५१
बझाङको चैनपुरमा एक परिवारमाथि मध्यरातिमा अज्ञात व्यक्तिले खुकुरी प्रहार

बझाङ- बझाङको सदरमुकाम चैनपुरस्थित सुर्मा टोलमा बस्ने एक परिवारमाथी मध्यराति अज्ञात व्यक्तिद्वारा खुकुरी प्रहार गरिएको छ।

बझाङको सुर्मा गाउपालिका वडा नम्बर-३ घर भई चैनपुरस्थित सुर्मा टोलमा बस्ने कलक बिकको श्रीमती र दुई छोराहरुमाथि सुतिरहेको बेला गएराति अज्ञात व्यक्तीद्वारा खुकुरी प्रहार भएको हो।

खुकुरी प्रहारबाट घाइते भएका तिनै जनाको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ। यस विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *