डडेल्धुरा: डडेल्धुरामा घरको छतबाट लडेर एक महिलाको मृत्यु भएको छ।
जिल्ला सदरमुकाम अमरगढी नगरपालिका-५ तुफानडाँडा बस्ने ४६ वर्षीया जानकीदेवी महरको मृत्यु भएको हो।
बुधबारसाँझ छिमेकी घरको छतमा कपडा सुकाउने क्रममा उनी लडेर घाइते भएकी थिइन्। घाइतेपछि डडेल्धुरा अस्पतालमा लगिएको थियो । डडेल्धुरामा उपचार नहुने भएपछि रेफर गरि धनगढी लग्दै गर्दा बाटोमा उनको प्राण गएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको
छ।
प्रतिक्रिया