घरबाट चोरी भएको सुन, बैतडीको एक सुन पसलमा बेचिएको पाईयो

पाँजलो न्युज
३१ साउन २०८० ८:०४
घरबाट चोरी भएको सुन, बैतडीको एक सुन पसलमा बेचिएको पाईयो

बैतडी- बैतडीको डिलासैनी गाउँपालिका–५ लेठ्ठेकोटका जयानन्द नाथको घरबाट ५ तोला सुन चोरी भएका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
चोरी गरेको सुन गोकुलेश्वर बजारको एक सुनचादी पसलमा बिक्रि गरेको खुलेको छ । प्रहरी अनुसन्धानका क्रममा गोकुलेश्र स्थित न्यु हिमालय सुनचादी पसलमा बिक्रि गरेका पाइएको हो ।
पसल सञ्चालकले बिना बिलको सुन खरिद गरेको भेटिएको हो । बिना बिल सुन खरिद÷बिक्रि गर्न मिल्दैन ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी लोकराज जोशीका अनुसार चोरी मुद्धाको विषय भएको र त्यसपछिको घटनाक्रमका विषयमा पनि अनुसन्धान भइरहेको छ । ‘हामि अुसन्धान गरिरहेका छौँ, बिक्रि भएको हो भन्ने सुन्नमा आएको छ, बिना बिल खरिद नगर्नुपर्ने हो, अनुसन्धान भइरहेकै छ,’ उनले भने ।
हिमालय सुनचादी पसलकी सञ्चालक लक्ष्मी निरौलाले गहना मासेर नयाँ मनाउन भनेको र गहना मिचेपछि मात्रै बेच्ने कुरा गरेको बताएकी छन् ।
‘लक्ष्मी नाथले आधा  गहना बनाएकी हुन, आधा बेच्ने भनेकी हुन, त्यो पनि पुरानो गहना मिचेपछि मात्रै आधा बेच्ने कुरा गरकी हुन,’ पसल सञ्चालक निरौलाले भनिन्, ‘बिल ल्याउने भनका हौँ, तर लक्ष्मीले काठमाण्डौबाट पहिले नै गहना बनाएको र बिल छैन भनिन्, ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *