डोटी- डोटीको जोरायल गाउँपालिका ५ मा रहेको गड्सेरी गाड लघु जलविद्युत आयोजनामा पहिरोले क्षति गरेको छ । सोमबार राति साढे ८ बजे आएको पहिरोले गड्सेरी गाड लघु जलविद्युत आयोजनामा क्षति भएको स्थानियले जानकारी दिएका छन्
स्थानियका अनुसार पहिरोमा परि सो जलबिधुत परियोजनामा पुर्ण रुपमा क्षति भएको छ । जलविद्युत आयोजनाका अपरेटर गोविन्द बडुले लघु जलविद्युत परियोजनामा कार्यरत दुई जना कर्मचारी पहिरोको क्षतीबाट बच्न सफल भएको बताए ।
२०६६ साल देखि सञ्चालनमा आएको जलविद्युत आयोजनाले गाउँपालिकाका ३५३ घरधुरीलाई उज्यालो बञ्चीत भएका छन् । पहिरो गएपछि उक्त घरधुरि बिधुत सेवाबाट बञ्चीत भएका छन् । स्थानीयले छिटो भन्दा छिटो जलविद्युत मर्मत गर्न माग गरेका छन् ।
प्रतिक्रिया