शिक्षा ऐन संशोधनको माग राख्दै डोटीका शिक्षक पनि धर्नामा

पाँजलो न्युज
२८ साउन २०८० १०:२२
शिक्षा ऐन संशोधनको माग राख्दै डोटीका शिक्षक पनि धर्नामा
केआईसिंह गाउँपालिका उपाध्यक्ष मिना बिष्टलाइ ज्ञापनपत्र बुझाउदै केआईसिंहका शिक्षकहरु ।
(डोटी)– विद्यालय शिक्षा ऐन संशोधन हुनुपर्ने माग राख्दै नेपाल शिक्षक महासङ्घको आव्ह्वानमा डोटीका सबै पालिकाहरूमा शिक्षकहरूले धर्ना दिएका छन् । शिक्षा ऐन ट्रड  युनियन अधिकार, शिक्षक कर्मचारीको पेसागत सुरक्षा र स्वाभिमानको खिलाफमा रहेकाले यथाशीघ्र संशोधन गर्न स्थानीय तहहरुमाफर्त सरकारलाई दबाब दिएका छन् ।
आइतबार नेपाल शिक्षक सङ्घ केआईसिंह गाउँपालिका अध्यक्ष एवम् शिक्षक महासङ्घ केआईसिंह गाप सदस्य डिल्लीराज शर्माको नेतृत्वमा गएको शिक्षकहरूको टोलीले धर्ना दिनुका साथै गाउँपालिका उपाध्यक्ष मिना बिस्टलाई ज्ञापन पत्र समेत दिएको थियो । अध्यक्ष शर्माले शिक्षकहरूले ज्ञापन पत्र मार्फत राखेका विभिन्न २० बुँदे माग यथाशीघ्र ऐनमा संशोधन गर्नुपर्ने बताए ।
त्यस्तै आदर्श गाउँपालिकामा पनि शिक्षकहरूले गाउँपालिकाको मुख्य प्रशासनिक भवन अगाडि धर्ना दिएको शिक्षक दीपेन्द्र खड्काले जानकारी दिएका छन् । अन्य पालिकामा पनि शिक्षकहरूले धर्ना दिएका छन् । स्थानीय सरकारमार्फत नेपाल शिक्षक महासङ्घले देशव्यापी आन्दोलन सुरु गरेको छ ।
दुई दशक काम गरिसकेका शिक्षकहरूले राहत र उच्च माविका शिक्षकहरूलाई स्थायी गर्नुपर्ने, प्रारम्भिक बाल शिक्षामा काम गर्ने शिक्षक एवम् विद्यालयका कर्मचारीहरूको तलबबृद्धि गर्नुपर्ने, शिक्षकहरूको बढुवा प्रणालीमा सुधार गर्नुपर्ने, शिक्षक सेवा आयोगबाटै सोझै प्रधानाध्यापकको नियुक्ति गर्नुपर्ने जस्ता विभिन्न २० बुँदे माग शिक्षकहरूले राख्दै आएका छन् ।
यस अघि मन्त्रालयसँग भएको सहमति र सम्झौता अनुसारका बुँदा पनि ऐनमा नसमेटिएको नेपाल शिक्षक महासङ्घको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *