धनगढीमा महिला मृत्यु प्रकरण: आफन्तबाट जिल्ला प्रहरी कार्यालय घेराउ

पाँजलो न्युज
२६ साउन २०८० ६:१०
धनगढीमा महिला मृत्यु प्रकरण: आफन्तबाट जिल्ला प्रहरी कार्यालय घेराउ

धनगढी- कैलालीको धनगढी उपमहानगरपालिकामा रहेको एक क्लिनिकले जथाभावी औषधी खुवाउँदा एक महिलाले ज्यान गुमाएकी छिन्। अस्पताल लाइनमा रहेको मेरी स्टोप सामुदायिक क्लिनिकमा गर्भपतन गराउन गएकी धनगढी उपमहानगरपालिका–१२ जुगेडाकी ३५ वर्षीया महिलाको मृत्यु भएको हो।

कैलाली प्रहरीका अनुसार बिहिवार बिहान गर्भपतन(क्यूरेट) गर्न गएकी उनलाई क्लिनिकले औषधी दिएको थियो। औषधी सेवनपछि उच्च रक्तस्राव हुन गई महिलालाई सेती अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचारकै क्रममा मृत्यु भएको बताइएको छ।

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *