खप्तड शैलेश्वरी हाई अल्टीच्युट म्याराथन प्रतियोगीको आय व्यय सार्वजनिक

पाँजलो न्युज
२० साउन २०८० १२:३७
खप्तड शैलेश्वरी हाई अल्टीच्युट म्याराथन प्रतियोगीको आय व्यय सार्वजनिक
डोटी– डोटी उद्योग वाणिज्य संघ र सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को संयुक्त आयोजनामा सञ्चालित खप्तड शैलेश्वरी हाई अल्टीच्युट म्याराथन दोस्रो संस्करणको आय व्यय सार्वजनिक गरिएको छ ।
गत जेठ १३ गतेदेखि १७ गतेसम्म सञ्चालित सो प्रतियोगितामा ४ लाख १७ हजार ४ सय ६६ रुपैयाँ घाटा भएको प्रतिवेदन शनिवार सार्वजनिक गरिएको छ ।
डोटी उद्योग वाणिज्य संघका अध्यक्ष मोहन बहादुर कलेलले अपेक्षा गरिएका ठाउँहरूबाट बजेट विनियोजन नहुँदा घाटा व्यहोर्नु परे पनि सफलतापूर्वक ऐतिहासिक प्रतियोगिता सम्पन्न भएकोमा खुसी लागेको बताए ।  विभिन्न कार्यालय, व्यक्ति र संस्थाबाट १२ लाख मात्र आर्थिक रूपमा सहायता भए पनि खर्च भने  १६ लाख १७ हजार ४ सय ६६ भएको प्रतिवेदनमा उल्लेख छ ।
खप्तडको पर्यटन प्रर्बधनका लागि नेपाली सेनाको श्री ५ नं। बाहिनी, भैरव प्रसाद गण र सिंहसार्दुल गुल्मको मुख्य व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको थिए । सो प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रि स्तरका धावकहरु सहभागी रहेका थिए ।
उद्योग वाणिज्य संघका अध्यक्ष कलेलले सबैको साथ सहयोग रहेमा तेस्रो संस्करण पनि सञ्चालन गर्ने प्रतिबद्धता गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *