राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास

पाँजलो न्युज
१९ साउन २०८० ९:३३
राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास

राष्ट्रिय क्रिकेट टोलीको पूर्व कप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय खेलबाट सन्न्‍यास लिएको घोषणा गरेका छन् ।

शुक्रवार सन्यासको घोषणा गर्दै उनले धेरै खेल देशको लागि खेलेको बताउँदै सन्यास लिने उपयुक्त समय लागेका कारण सन्यास लिएको बताए ।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले सन्यासको घोषणा गर्दै अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्ण विराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णयमा पुगेकाे बताए ।

सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा शुरु गर्दै यू–१५ टोलीबाट खेल्न थालेका उनले २००५ मा नै यू–१७, यू–१९ बाट २००६ देखि राष्ट्रिय सिनियर टिममा डेब्यू गरेका थिए । साथै उनले २०२३ मा जिम्बावेस्थित हरारे मैदानमा आईसीसी विश्वकप क्वालिफायर्समा आयरल्यान्डसँग नेपालको जर्सीमा अन्तिम खेल खेलेका थिए ।

दायाँ हाते ब्याट्सम्यान ज्ञानेद्र सन् २००६ को १९ वर्ष मुनिको विश्वकप छनोटमा सहभागी भएका थिए ।

उनी २००८ मा अन्डर १९ को उपकप्तान समेत बने । अन्तर्राष्ट्रिय टि २० प्रतियोगितामा उनले कुल ४५ खेलबाट ८८३ रन जोडेका छन् । उनको पहिलो खेल सन् २०१२ मा हङकङसँग हो । ज्ञानेन्द्रले टि २० मा एक पटक शतक समेत प्रहार गरेका छन् ।

एकदिवसीय (ओडिआई) खेलमा भने उनी सन् २०१८ देखि सहभागी हुँदै आएका छन् । उनले पहिलो खेल नेदरल्यान्डसँग खेलेका हुन् । ओडिआईमा उनले कुल ३७ खेलबाट ८७६ रन जोडेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *