धनगढीः कैलालीको धनगढीमा गाईसँग मोटसाइकल ठोकिएको छ। शनिवार राति धनगढी उपमहानगरपालिका वडा नम्बर ८ मोतिचोकमा गाईसँग मोटरसाइकल ठोकिएको हो।
धनगढी जाइका प्रेसात मल्लले चलाएको से ७ प १७७७ नम्बरको मोटरसाइकल गाईसँग ठोकिएको प्रहरीले बताएको छ। उनी हुलाकी राजमार्ग हुँदै मनेहरा तिर जाँदै थिए। मोटरसाइकलको ठक्करबाट गाई मरेको छ। मल्ल घाइते भएका छन्।






प्रतिक्रिया