डोटी ।खप्तड–शैलेश्वरी गोल्ड कप फुटबल प्रतियोगिता २०८० दोस्रो संस्करणको उपाधि भैरव प्रसाद गणले हात पारेको छ ।
डोटी उद्योग वाणिज्य संघको आयोजना र नेपाली सेनाको भैरव प्रसाद गणको व्यवस्थापनमा डोटीको सिलगढीमा आयोजना गरिएको प्रतियोगिताको उपाधि भैरव प्रसाद गण ए ले हात पारे संगै शुक्रबार प्रतियोगिता समापन भएको हो ।
भैरव प्रसाद गण “ए” र एसवाइसी सिलगढी बिच भएको फाइनल खेलमा भैरव प्रसाद २–१ गोल अन्तरले विजयी भएको हो ।
फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै भैरव प्रसाद गणका सङ्गम चौधरी म्यान अफ द म्याच घोषित भए भने खेल अवधि भर सर्वोत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै अनीश लामा म्यान अफ सिरिज घोषित भए सँगै ट्रली प्राप्त गरेको थियो ।
उपाधि हात पारे सँगै भैरव प्रसाद गणले २५ हजार नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने उप– विजेता बनेको एसवाइसी सिलगढीले १५ हजार नगद सहित ट्रली मेडल प्रमाण पत्र पाएको छ ।
नेपाली सेना र नागरिक बिचको सम्बन्ध प्रगाढ होस र जिल्लामा खेल क्षेत्रको विकासमा सहयोग पु¥याउन र खेलाडीहरूको मनोबल बढाउन प्रतियोगिताको आयोजना गरिएको भैरव प्रसाद गणका गणपती प्रमुख सेनानी जनमत बहादुर कार्किले बताउनु भयो ।
शनिबारदेखि सुरु भएको प्रतियोगिता अन्तर्गत फुटबलमा डोटी जिल्लाभित्रका ८ वटा टिम बिच प्रतिशप्रर्धा भएको प्रमुख सेनानी कार्किले बताउनु भयो ।
प्रतिक्रिया