दार्चुला- दार्चुलाको एक नगरपालिकाका हाकिमसहित सात जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। जिल्लाको शैल्यशिखर नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर विष्टसहितका सात जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको हो।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले बिहीवार काठमाडौंस्थित विशेष अदालतमा उनीहरु विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्ट, इन्जिनियर सन्तोष पाण्डेय, तत्कालीन इन्जिनियर राजेन्द्रसिंह धामी र सब–इन्जिनियर दीपकसिंह विष्टविरूद्ध मुद्दा दायर भएको हो। त्यस्तै पनेबाज–बन्तोली–बगौरा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जनकराज जोशी, सचिव धनन्जय जोशी र कोषाध्यक्ष जानकी बडू जोशीविरूद्ध पनि मुद्दा दायर भएको छ।
प्रमुख प्रशासकीय अधिकृत लगायतले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ मा सञ्चालित पनेबाज–बन्तोली–बगौरा सडक खन्ने कार्यमा फिल्डको वास्तविक तथ्य बंग्याएको अख्तियारले जनाएको छ।

 
                             
                                    

 
                                                        
प्रतिक्रिया