सुदूरपश्चिममा निर्वाचन खर्च विवरण नबुझाउने ७९ उम्मेदवारलाई कारबाही

पाँजलो न्युज
१० साउन २०८० ९:१२
सुदूरपश्चिममा निर्वाचन खर्च विवरण नबुझाउने ७९ उम्मेदवारलाई कारबाही

धनगढीः सुदूरपश्चिमबाट प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा निर्वाचन खर्च विवरण सार्वजनिक नगर्ने ७९ उम्मेदवारमाथि कारबाही हुने भएको छ। खर्च विवरण सार्वजनिक नगर्नेमा ३७ जना प्रतिनिधिसभा सदस्य पदका र ४२ जना प्रदेश सभा सदस्य पदका उम्मेदवार छन्। कानुनबमोजिम खर्च विवरण सार्वजनिक नगर्ने प्रत्येक उम्मेदवारले १५ हजार रुपैयाँ जरिवाना तिर्नुपर्ने छ।

निर्वाचन (कसुर तथा सजाय) ऐन २०७३ मा राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन प्रचार प्रसारमा भएको आम्दानी र खर्चको विवरण आयोगमा बुझाएर सार्वजनिक गर्नुपर्ने उल्लेख छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *