चुरेमा कृषि सडकको बेहाल, गाउँपालिकाको बेवास्तापछि स्थानीयबाटै मर्मत

पाँजलो न्युज
५ साउन २०८० ७:३२
चुरेमा कृषि सडकको बेहाल, गाउँपालिकाको बेवास्तापछि स्थानीयबाटै मर्मत

धनगढीः कैलालीको चुरेमा कृषि सडकको बेहाल छ। ठाउँठाउँमा सडक भत्किनुका साथै ठुलठुला खाल्डाखुल्डी परेपछि आवागमनमै अवरोध सिर्जना भएको छ। चुरे गाउँपालिका कार्यालयसम्मको करिब ६ किलोमिटर सडक ठाउँठाउँमा भत्किनुका साथै ठुलठुला खाल्डाखुल्डी परेपछि आगागमनमा अवरोध भएको स्थानीयले गुनासो गरेका हुन्।

 

स्थानीय नेता समेत रहेका साउँदले आफ्नै स्रोतसाधनमा सडक मर्मत गर्ने काम भएको बताए। कृषि सडक कालोपत्र गर्न गाउँपालिकाले चालु आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको भए पनि तत्कालका लागि मर्मतमा चासो नदेखाएपछि स्थानीय साउँदसहितको युवा समुह निःशुल्क रुपमा सडक सुचारु गर्न अग्रसर भएको हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *