डोटी ।जिल्ला प्रशासन कार्यालय डोटीले राहादानी सेवा लिन सेवाग्राहीहरुका लाई थप सहजता गरेको छ ।
राहादानी सेवा लिन सेवाग्राहीले सुरुमा एउटा बिवरण फाराम बाहीरबाट भरेर अनी कार्यालय आउनु पर्ने बाध्यता रहेको भएता पनि अब सम्पूर्ण काम कार्यालय भित्र बाट गर्न सकिने डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताउनु भयो ।
राहादानी सेवा लिनको लागि सेवा ग्राहीहरुले पहीले प्री ईन्रोलमेन्ट फाराम बाहीर बाट भरेर जानुपर्ने अनी मात्र भित्रको काम हुने गरेको थियो । फाराम बाहीर भर्दा सेवा ग्राहीले २ सय देखी ५ सय रुपयाँ सम्म तिर्नु पर्ने बाध्यता रहेको थियो अब सम्पूर्ण काम कार्यालय भित्र बाट निशुल्क रुपमा हुने भएकाले सेवाग्राहीलाई थप सहजता हुने देखिन्छ ।
जिल्ला प्रशासन कार्यालयले राहादानी सेवाका लागि सम्पूर्ण कार्य भित्र बाट गर्न सुरु गरिसकेको छ ।
प्रतिक्रिया