बाख्रापालक लघु उद्यमीहरुलाई बाख्रा बितरण

गणेश मौनी
१४ असार २०८० १२:०५
बाख्रापालक लघु उद्यमीहरुलाई बाख्रा बितरण

 डोटी । बडीकेदार गाउँपालिका वडा नम्बर ३ घागलमा २८ जना पुराना बाख्रापालक लघु उधमीहरुलाई बाख्रा बितरण गरिएको छ ।
नेपाल सरकार उद्योग बाणिज्य आपुर्ति मन्त्रालयको सहयोगमा बडीकेदार गाउँपालिकाले संचालन गरेको गरिबी निवारणका लागि उद्यम बिकास कार्यक्रम अन्तरगत बाख्रा बितरण गरिएको हो ।
पालिकाकाले केही सहयोग गरि उद्यमीहरुलाई थप उद्यम गर्न सहजताहोस भन्ने हेतुले बाख्रा बितरण गरिएको बडीकेदार गाउँपालिकाका उद्यम बिकास सहजकर्ता उद्यम प्राबिधीक भुपेन्द्र बोहराले बताए ।
वडा नम्बर ३ का वडा सदस्य दान बहादुर मल्लको अध्यक्षतामा भएको बाख्राबितरण कार्यक्रममा घागल स्वास्थ्य चौकीका प्रमुख भक्त बहादुर टमाटा, बडीकेदार गाउँपालिका वडा न. २ का पशु सेवा प्राबिधिक तथा तालिम का प्रशिक्षक तारा सिह पातली, गाउँपालिकाका अन्य शाखाका कर्मचारी लगाएत २८ जना बाख्रापालक लघु उधमीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *