डोटी ।लागु पदार्थ दुब्र्यसनी तथा सामाजिक कुरुती विरुद्ध बडीकेदार गाउँपालिकामा सचेतनामुलक कार्यक्रम संचालन गरिएकोे छ ।
समाजमा हुने गरेका कुरिती, विकृति, विसंगतिको अन्त्य हुनुका साथै लागु पदार्थ दुब्र्यसनीलाई न्यूनिकरण गरी सभ्य समाज निमार्ण गर्न बडीकेदार गाउँपालिका र प्रहरी चौकी खड्यौलीको सहकार्यमा सचेतनामुलक कार्यक्रम मंगलबार बर्छैन माध्यामीक बिद्यालयमा बर्छैनमा आयोजना गरिएको थियो ।
समाजमा रहेका बिद्यमान कुरिती कुसंस्कारहरुको विरुद्धमा सबैलाई सचेत पार्ने उद्देश्यले सचेतनामुलक कार्यक्रम आवश्यक रहेको बडीकेदार गाउँपालिकाकी उपाध्यक्ष डम्मरी बिष्ट कलेलले बताइन् । उनले भनिन्, ‘हाम्रो समाज, छर छिमेक, टोलमा कुसंस्कार विकृती के के रहेका छन् तिनीहरुको पहिचान गर्नुपर्छ त्यसपछि न्यूनिकरण गर्न सहज हुन्छ ।’ बालबालिकाहरुलाई लक्षित गर्दै उपाध्यक्ष कलेलले बालबालिकाहरु आफ्नो हक अधिकार र कर्तब्यको बारेमा जानकार हुनुपर्छ अनि मात्र अरुलाई भन्न मिल्छ । त्यसैले विद्यालय क्याम्पसमा अध्ययनरत बालबालिकाहरु आफुमात्र सचेत नभई आफ्नो घर परिवारलाई समेत कुरीतीबाट सचेत रहन जानकारी गराउनु पर्ने बताइन् ।
समुदायमा हुने अपराधीक गतिविधीलाई न्यूनिकरण गर्न सहयोग पुग्नुका साथै सभ्य समाज निमार्णमा सहयोग पुगोस भनेर कार्यक्रमको आयोजना गरेको बर्छैन माबीका प्रध्यानाध्यापक ईन्द्र बहादुर बमले बताउनु भयो । उनले, ‘भने बालबालिका भनेका भोलीका भविश्य हुन त्यैसैले कुनैबालबालिका विकृती विसंगती, अपराधीक गतिविधि, लागु पदार्थ दुब्र्युसनीमा संलग्न हुनु हुदैन कोही त्यस्ता बालबालिका छन् भने अभिभावक समेत सचेत हुनुपर्छ ।
कुनै पनि बालबालिका विकृती विसंगती, अपराधीक गतिविधि, लागु पदार्थ दुब्र्युसनीमा संलग्न नहुन भन्ने हेतुले प्रहरीले विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भाष्करदत्त पत्तले बताउनु भयो । प्रहरीले विभिन्न विद्यालय, गाउँघरमा गएर अपराधिक घटना, प्रकोप जन्य घटना, कुनै दृघटना भईहाले प्रहरीलाई कसरी छीटो भन्दा छीटो सम्पर्क गर्न सकिन्छ भन्ने विषयमा जानकारी गराउदै आईरहेको समेत ईन्चार्ज पन्तले बताउनु भयो ।
बर्छैन माध्यामीक बिद्यालयमा आयोजना गरेको सचेतनामुलक कार्यक्रममा लागुपदार्थ दुब्र्यसनी, बालबिबाह, लैंगिंक हिंसा, छाउपडी प्रथा लगाएतका बिषयबस्तुमा प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भाष्करदत्त पत्त र पत्रकार गणेश मौनीले सहजीकरण गरेका थिए । कार्यक्रममा कक्षा ९,१०,११ र १२ का बिद्यार्थिहरु र अभिभावकहरुको समेत सहभागिता रहेको थियो ।







प्रतिक्रिया