समाजलाई परिवर्तन गर्न सबैको उत्तिकै जिम्मेवारी हुन्छ नगर प्रमुख बलायर

सरिता कठायत
११ असार २०८० १३:४२
समाजलाई परिवर्तन गर्न सबैको उत्तिकै जिम्मेवारी हुन्छ नगर प्रमुख बलायर

सरिता कठायत
डोटी / डोटी जिल्लाको शिखर नगरपालिकामा लागूऔषध दुव्र्यसन विरूद्व को कार्यक्रममा बोल्दै समाजलाई परिवर्तन गर्न सबैको उत्तिकै जिम्मेवारी हुने गर्छ शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताएका थिए । उनले कार्यक्रममा सहभागी रहेका बिद्यार्थीहरूलाई आफू र आफूले देखेका जुनसुकै दुव्र्यसन,दुव्र्यवहारहरूका विरूद्व आवाज उठाउनका लागि बलायरले आग्रह गरेका छन् । बालबालिकाहरूले यस्ता खाले समाज,स्वयंलाई परिवर्तन गर्न सक्ने कुरामा नगरले सधै साथ दिने बलायरले भने । लागू औंषध दुरुपयोग विरूद्वको ऐक्यबद्धता ब्याक्ती,समाज, राष्ट्रको प्रतिबद्धता भन्ने मुल नाराका साथ लागूऔषध विरूद्व अन्तर्राष्ट्रिय दिवसको अवसरमा अन्तरक्रिया कार्यक्रम शिखर नगरपालिका स्वास्थ्य शाखाको आयोजना जिल्ला प्रशासन कार्यालय डोटीको समन्वय र बास नेपाल जिल्ला शाखाको सहजीकरणमा १ दिने कार्यक्रम सोमबार राधाकृष्ण माविको हलमा सञ्चालन भएको थियोे । पछिल्लो समयमा बालबालिकाहरू लागूऔषध दुरुपयोगमा दिनप्रतिदिन बढ्दो क्रम भएकोले यस्ता खाले विकृति विसंगतिलाई न्यूनीकरण गर्नका लागि बालबालिकाहरूसँ अन्तरक्रिया कार्यक्रम गरिएको हो । कार्यक्रममा शिखर नगरपालिकाका अन्तर्गत पर्ने  हरिहर मावि, राधाकृष्ण मावि र सिदेश्वर माविका १५० भन्दा बढी बालबालिकाहरू सँग सो कार्यक्रम गरिएको हो । कार्यक्रममा सलाइट मार्फत लागूऔषध सम्बन्धिका बारेमा छलफल गरिनुका साथै लागूऔषध दुरुपयोग गर्नेहरूलाई कानुनी कार्वाहीका बारेमा बालबालिकाहरूसँग छलफल गरिएको थियोे । बालबालिकाहरू सँग अन्तरक्रिया कार्यक्रम गर्दा कार्यक्रममा सहभागीहरूले समुदाय,घरमा लागूऔषध को प्रयोगले कलह हिंसा भैरहेका छन् यी विषयमा किन कानुनी कार्वाही हुदैनन् ? सरोकारवाला निकायहरू किन मौन रहेका छन् ? भन्ने विषयमा गहन प्रश्न उठाएका थिए । शिखर नगरपालिका पनि लागूऔषध दुरुपयोग विरूद्वका लागि जोखिम क्षेत्रका रूपमा देखिएकाे जिल्ला समन्वय प्रमुख लक्ष्मण बहादुर सिंहले बताएका छन् । उनले बालबालिकाहरू काचो माटो हुन त्यसकारण बालबालिकाहरूलाई पढाउने कार्य मात्रै ठुलो नभएर यस्ता खाले बिषयबस्तुमा पनि बिधालयले शिक्षा दिन जरुरी रहेको सिंहले भन  । लागूऔषध भनेको साझा समस्या हो यसलाई हटाउनका लागि सरोकारवालाहरू सबैको भुमिका रहन्छ प्रमुख जिल्ला अधिकारी ( सिडियो) गोपालप्रसाद अर्यालले बताए । उनले पछिल्लो समयमा लागूऔषध धेरै संख्यामा बढ्दै गइरहेको छ यसको रोकथामका निम्ति जनचेतनामूलक कार्यक्रम सँगै बिद्यालयमा पनि यस्ता खाले विकृति सम्बन्धि कलास दिन जरुरी रहेको अर्यालले  बताएका छन् । उनले अन्तरक्रिया कार्यक्रममा बालबालिकाहरूले लागूऔषध विरूद्व सम्बन्धि उठाएका प्रश्नहरूको जवाफ समेत दिएका थिए । लागूऔषध विरूद्व अन्तरक्रिया कार्यक्रममा प्रशिक्षक जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक युवराज भण्डारीले गरेको थिए । कार्यक्रममा शिखर नगरपालिका नगर प्रमुख,उप प्रमुख, जिल्ला समन्वय प्रमुख,प्रमुख जिल्ला अधिकारी,सहायक प्रमुख जिल्ला अधिकारी,शिक्षा समन्वय प्रमुख,वडा अध्यक्षहरू,शिक्षा शाखा महिला शाखा प्रमुख तथा प्रतिनिधिहरू,जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक तथा अन्य सुरक्षाकर्मीहरू, हरिहर मावि,राधाकृष्ण मावि,सिदेश्वर माविका प्रअ तथा शिक्षकहरू लगायत तीन वटै बिधालयका बिद्यार्थीहरूको बाक्लो उपस्थिति रहेको थियोे

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *