बडीकेदार गाउँपालिकाको १३ औँ अधिवेशन शिक्षा, स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा

गणेश मौनी
११ असार २०८० १०:४०
बडीकेदार गाउँपालिकाको १३ औँ अधिवेशन शिक्षा, स्वास्थ्य र कृषि पहिलो प्राथमिकतामा

डोटी । डोटीको बडीकेदार गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेटमा शिक्षा स्वास्थ्य र कृर्षिलाई पहिलो प्राथमीकता दिएको छ ।
गाउँसभाको १३ औँ अधिवेशनमा गाउँपालिकाका अध्यक्ष भैरब बहादुर साउदँले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०÷८१ का लागि ३८ करोड ५० लाख ५० हजार ८ सय बराबरको बजेट प्रस्तुत गरेको छ । अगाउँसभाको १३ औँ अधिवेशनमा गाउँपालिकाका उपाध्यक्ष डम्मरी बिष्ट कलेलले बजेट प्रस्तुत गरेकी हुन् ।
प्रस्तुत गरिएको बजेटमा सशर्त अनुदान सङ्घीय सरकार १७ करोड २९ लाख, वित्तीय समानिकरण अनुदान सङ्घीय सरकार ७ करोड ९० लाख, वित्तीय समानिकरण अनुदान प्रदेश सरकार ६२ लाख २८ हजार, राजश्व बाडँफाड सङ्घीय सरकार ९ करोड ४९ हजार, राजश्व बाडँफाड प्रदेश सरकार २८ लाख ८२ हजार, विशेष अनुदान प्रदेश सरकार ६४ लाख, समपूरक अनुदान संघीय सरकार १ करोट अनुमान गरिएको छ ।
गाउँपालिका अध्यक्ष साउदँले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा आर्थिक विकास कृषि तथा पशु, पर्यटन, उद्योग, सहकारी र वित्तीय विकास, सामाजिक विकास, पूर्वाधार विकास, वन वातावरण तथा विपद् व्यवस्थापन, सुशासन तथा संस्थागत विकासलाई प्राथमिकताका साथ समेटिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *