सरिता कठायत
डोटी / शिखर नगरपालिकामा महिनावारी भएका बेला अपनाउनुपर्ने सावधानी र सामाजिक कुरीति विरूद्व जनचेतनामूलक कार्यक्रम गरिएको छ । शुक्रबार महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा महिनावारी भएका बेला अपनाउनुपर्ने सावधानी र सामाजिक कुरीति विरूद्व जनचेतनामूलक कार्यक्रम गरिएको हो । समाजमा मानिसहरूले महिनावारी भएको समयमा सावधानी र सामाजमा के कस्ता कुरीति छन् ती विषयमा छलफल गरेर आगामी दिनमा यस्ता खाले कुराहरूलाई समाजबाट नै समाधान गर्नुपर्ने भएकोले कार्यक्रमको आयोजना गरिएको थियो । महिनावारी हुने कुरालाई सामाजिक विकृतिका रूपमा नलिएर यस्तो बेलामा सावधानी हुनुपर्ने शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले बताएकी छन् । उनले महिनावारी हुने कुरालाई विकृतिको रूपमा होइनन् समाधानका रूपमा लगेर सकारात्मक सोच बनाउनुपर्ने जोराले कार्यक्रममा सहभागीहरूलाई जानकारी गराइन् । शिखर नगरपालिका वडा नम्बर ११ का महिला हरू सँग महिनावारी भएका बेला अपनाउनुपर्ने सावधानी र सामाजिक कुरीति विरूद्व एक दिने जनचेतनामूलक कार्यक्रममा समाजले चलाउँदै आएका कुरीतिहरूलाई कानुनी रूपमा लागू गरेपछि मात्रै समाज परिवर्तन हुने गर्छ शिखर नगरपालिका ११ का महिला वडा सदस्य तथा कार्यपालिका सदस्य देवी कुमारी खड्काले भनिन् । जनचेतनामूलक कार्यक्रममा शिखर नगरपालिकाका इलाका प्रहरी कार्यालयका विपिन भण्डारीले महिनावारीका बेला छुवाछूत विभेद जस्ता कार्य समाजमा भेटिएको खण्डमा कानुनी कार्वाही हुने कुरा कार्यक्रममा सहभागीहरूलाई जानकारी गराएका थिए । कार्यक्रममा शिखर नगरपालिकाका नगर उप प्रमुख, वडा सदस्य,महिला वडा सदस्य तथा कार्यपालिका सदस्य ,महिला बालबालिका शाखा प्रमुख,शिक्षा शाखाका प्रतिनिधि,इलाका प्रहरीका प्रतिनिधि, समुदायका महिलाहरू तथा पत्रकारको सहभागीता रहेको थियोे ।







प्रतिक्रिया