सरिता कठायत
डोटी / डोटी नगर भित्रका महिलाहरू सक्षम बन्दा आफू सक्षम भएको अनुभूति हुने गर्छ दिपायल सिलगढी नगरपालिकाका नगर उप प्रमुख कलावति महर साउदले बताइन्
। उनले तालिम,गोष्ठी,सीप मुलुक तालिमलाई सहभागी दिदीबहिनीहरूले व्यवहारमा लागूगर्नु पर्ने समेत साउदले बताए । नगरपालिकाकाको आर्थिक सहयोग होस् वा कुनै संघ संस्थाले सिकाएका ज्ञान सीपहरू लागू गरे नगरेको निगरानीमा राख्ने सहभागीहरूलाई साउदले जानकारी गराइन् । शुक्रबार दिपायल सिलगढी नगरपालिकाको आर्थिक सहयोग र महिला जागरण डोटीको आयोजनामा एक दिने जीवन उपयोगी शिक्षा अनुशिक्षण कार्यक्रम सञ्चालन भएको थियोे । उक्त कार्यक्रम दिपायल सिलगढी नगरपालिका वडा नं २ र ४ वडाका ४० जना महिलाहरूलाई एक दिने तालिम दिएको थियो। सहभागी महिला दिदीबहिनहरूले कार्यक्रममा जीवन उपयोगी तालिम प्राप्त गरिसके पछि आफू र आफ्नो समुदायका दिदीबहिनीहरूलाई अगाडि बढाउन पहल गर्नुपर्ने दिपायल सिलगढी नगरपालिका वडा नं २ का वडा अध्यक्ष राजेन्द्र खड्काले बताएका छन् । उनले वडाभित्र रहेका बाजो जमिनलाई बाजो नराख्न दिने र किसानहरूका समस्याहरूको समाधानका निम्ति नयाँ प्रविधि अनुसार खेती फलफूल लगाएर आर्थिक उन्नति बढाउन पहल गर्ने खड्काले बताएका छन्
। महिलाहरूले आ-आफ्ना हक अधिकारका लागि यस्ता खाले तालिममा सहभागी भएर ज्ञान हासिल गर्नुपर्ने दिपायल सिलगढी नगरपालिका ४ का वडा अध्यक्ष अशोक बरालले बताएका छन्
। कार्यक्रमका सभा अध्यक्ष तथा महिला जागरण केन्द्र डोटीका अध्यक्ष प्रसिस महरले महिलाहरूले आफ्ना हक अधिकारका निम्ति पुरूषकाे भरमा नपरेर आफूले अगाडि बढ्नुपर्ने बताएकी छन् । उनले सहभागीहरूले तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्न समेत महरले आग्रह गरेकोे छन् । दिपायल सिलगढी नगरपालिकाका नौ वटै वडामा सो कार्यक्रम सञ्चालन गर्दै आएको उनले भनिन् । कार्यक्रममा उपस्थित सहभागीहरूले यस्ता खाले जीवन उपयोगी तालिमलाई निरन्तरता दिनहुन आग्रह गरेका छन् । जीवन उपयोगी शिक्षा अनुशिक्षण कार्यक्रममा प्रशिक्षक योगेश मल्लले गरेका थिए

प्रतिक्रिया