बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला मन्त्रि सिंह सवार गाडी दुर्घटना

पाँजलो न्युज
५ असार २०८० ९:१७
बझाङमा सुदूरपश्चिम सरकारका आन्तरिक मामिला मन्त्रि सिंह सवार गाडी दुर्घटना

बझाङमा सुदूरपश्चिम सरकारका मन्त्री सवार गाडी दुर्घटनामा परेको छ ।

सुदूरपश्चिम सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री पृथ्वी बहादुर सिंह सवार सुप प्र ०१००१ झ ४८० नम्बरको गाडी डडेल्धुराबाट चैनपुर जाने क्रममा केदारस्युँ गाउँपालिकाको धारछडा भन्ने ठाउँमा सडकबाट अन्दाजी ५० मिटर तल कालंगा खोला किनारमा खसेको हो ।

दुर्घटनामा परि मन्त्री सिंह सहित ४ जना घाइते भएका छन् । खुट्टा र अनुहारमा चोट लागेका मन्त्री सिंहको केदारस्युँ गाउँपालिका १ देउरास्थित ऋृतु पोलिक्लिनिकमा उपचार भइरहेको छ भने बाँकी ३ जनाको रायल प्राथमिक स्वास्थ केन्द्र देउरामा उपचार भइरहेको छ ।

घटनाबारे थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *