डोटी सुदूरको पहिलो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

गणेश मौनी
५ असार २०८० २:११
डोटी सुदूरको पहिलो पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा

डोटी । डोटीलाई सुदूरपश्चिम प्रदेशको पहिलो पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्लाको रुपमा एक कार्यक्रमका बिच सोमबार घोषणा गरिएको छ ।
‘स्थानीय स्वामित्व र सहभागिता, पूणर्खोप सुनिश्चितता–हाम्रो प्रतिबद्धता’ भन्ने मूल मन्त्रका साथ चालु आर्थिक बर्षमा सुदूरश्चिम प्रदेशको पहिलो जिल्लाका रुपमा डोटीलाई घोषणा गरिएको स्वास्थ्य कार्यालय डोटीले जनाएको छ ।
डोटीका सबै पालिका घोषणा गरे पश्चात सोमबार जिल्लालाई घोषणा गरिएको हो । डोटी जिल्लालाई २०७५ जेठ १९ गते पहिलो पटक पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा गएिको थियो, सोहि बर्षदेखि प्रत्येक बर्ष निरन्तर घोषणा गरिदै आएको छ ।
नेपालमा संचालन भईरहेका जनस्वास्थ्यका विभिन्न कार्यक्रम मध्य खोप कार्यक्रम सबैभन्दा प्रभावकारी र सफल कार्यक्रम रहेको स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डाक्टर जगदीश जोशीले बताउनु भयो ।
पहिले खोप नपाएर बालबालिकाले अकालमै ज्यान गुमाउनु पर्ने समस्या थियो तर अहिले सबैको सहयोग र सहकार्यले बालबालिकाहरु जन्मेदेखि खोप पाइरहने र बालबालिको मृत्युदर धेरै घटेको जिल्ला पूर्णखोप समन्वय समिति डोटीका उप–संयोजक एवं जिल्ला समन्वय समितिकी उप–संयोजक स्मृति चुनारा विकले बताइन । स्वास्थ्य नै धन हो भने सबैले स्वास्थ्य क्षेत्रमा योगदान दिनु पर्ने उनले बताइन ।
कार्यक्रममा बोल्दै दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजीसिं खड्काले सबै स्वास्थ्यकर्मीहरुको सहयोग र सक्रियताले जिल्ला घोषणा सम्भव भएको बताए । उनले देशका करुणाधार बच्चाहरुले सहि समयमा सम्बन्धित खोप पाउँदा पछिल्लो समय बाल मृत्युदर घटेको बताए । आगामी वर्षहरूमा तीनै तहका सरकारले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कार्य संचालन गर्नुपर्ने खड्काले बताउनु भयो ।
डोटी जिल्लामा हाल २३६ खोप केन्द्रबाट प्रत्येक महिनाको ८ गते देखी १२ गते सम्म र जिल्ला अस्पतालमा १५ गते नियमित खोप सेवा संचालन हुदै आईरहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनु भयो ।
डोटी जिल्लामा १५ महिना सम्मका ४ हजार ४ सय ५ जना बालबालिका मध्य ६ जना शुन्य डोज र ३१ जना ड्रपआउट भेटिएका थिए भने १६ महिना महिना देखी ५९ महिना सम्मका ११ हजार ६ सय ६ जना बालबालिकाहरुमध्य १६ जना शुन्य डोज १ सय ६६ जना ड्रपआउट र १ सय जना जिल्ला बाहीर गएका समेत प्रमुख मलासीले बताउनु भयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *