शिक्षा निति निर्माणका लागि सल्लाह सुझाव लिन बलायरले दिए ह्वाटसब नम्बर

सरिता कठायत
४ असार २०८० १६:३७
शिक्षा निति निर्माणका लागि सल्लाह सुझाव लिन बलायरले दिए ह्वाटसब नम्बर

सरिता कठायत
डोटी / डोटी  शिक्षा नीति निर्माणका लागि सल्लाह सुझाव लिन शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले आफ्नो ह्वाटसब नम्बर दिएका छन् । उनले शैक्षिक नीति निर्माणका कुराहरूलाई दिगो बनाउनका लागि सूचना प्राप्त आफूले पनि सहजै गर्न सकिने भएकोले  आफ्नो ह्वाटसब नम्बर उपलब्ध गराएको बलायरले भनेका छन् । शिक्षक  समाजका बौद्धिक ब्याक्तित्व भएकोले नीति निर्माणमा शैक्षिक सूचना व्यवस्थापन प्रणाली अध्यावधिक गरि उक्त प्रणालीले मागेका सबै तथ्यांकको संकलन गर्नुपर्ने बलायरले भनेका छन् । सोमबार शिखर नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली शिखर नगरपालिका ८ मा रहेको राधाकृष्ण मावि गोपघाटमा एक दिने कार्यक्रम सञ्चालन भएको थियोे । बालबालिका र समाजका लागि दोस्रो अभिभावकको भुमिकामा शिक्षक हुन्छन् शिखर नगरपालिकाका उप प्रमुख सुनिता रावल जोराले बताइन् । एक दिने एकीकृत शैक्षिक सूचना व्यवस्थापन प्रणाली कार्यक्रममा शिखर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष लाल बहादुर महराको सभाअध्यक्षमा सो कार्यक्रम सञ्चालन भएको थियोे । कार्यक्रममा शैक्षिक क्षेत्रमा नीति निर्माणका लागि शिक्षामा जोड दिनुका साथै समयमै  एकीकृत  शैक्षिक सूचना व्यवस्थापन प्रणाली अध्यावधिक गरि उक्त प्रणालीले मागेका सबै तथ्यांक भरी अपलोड गर्नका लागि  कार्यक्रमको आयोजना गरेको शिक्षा युवा तथा खेलकुद शाखाका प्रास रोजी सिंहले बताइन् । उक्त कार्यक्रममा शिखर नगरपालिकाका सबै बिधालयका प्रअ तथा शिक्षकहरूको उपस्थिति रहेको सिंहले जानकारी गराइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *