बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि सहि र असल अभिभावकको आवश्यक हुन्छ उप प्रमुख जोरा

सरिता कठायत
४ असार २०८० १५:४६
बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि सहि र असल अभिभावकको आवश्यक हुन्छ उप प्रमुख जोरा

सरिता कठायत
डोटी / डोटी जिल्लाको शिखर नगरपालिकामा असल अभिभावकत्व सम्बन्धि एक दिने कार्यक्रम सञ्चालन भएको थियोे । बालबालिकाहरूको उज्ज्वल भविष्यका लागि सहि र असल अभिभावकको आवश्यक हुने गर्छ शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले बताइन् । उनले बालबालिकाहरूको भविष्य बनाउने पहिलो अधिकार अभिभावकको रहेको भएर सबै अभिभावकले आफ्नो बालबालिकाहरूकाे सुनौलो भविष्य प्रति चिन्तित हुनुपर्छ जोराले सहभागीहरूलाई आग्रह समेत गरेको छन् । सोमबार सामाजिक विकास कार्यालय राजपुर डोटीको आर्थिक सहयोगमा शिखर नगरपालिकाको आयोजनामा १ दिने असल अभिभावकत्व सम्बन्धि तालिम सञ्चालन भएको थियो । कार्यक्रममा बाल संरक्षण तथा बालबालिका सम्बन्धि ऐन नियम,असल अभिभावकको भुमिका, हिंसाले बालबालिकाहरूमा पर्ने प्रभाव र परिणाम तथा बालबालिकाहरूका सकारात्मक र नकारात्मक प्रभाव बारे अभिभावक र बालबालिका विच छलफल गरिएको थियोे ।
जन्मका साथसाथै कर्म दिनका लागि अभिभावकले बालबालिकाहरूको जीवनस्तरमा सुधार ल्याउन आवश्यक रहेको शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले बताएका छन् । उनले बालबालिकाहरूका लागि अभिभावक,बिद्यालय र सरोकारवालाहरू सबैको जिम्मेवारी रहन्छ बलायरले भनेका छन् । कार्यक्रम सहजीकरण शिखर नगरपालिकाका महिला बालबालिका तथा जेष्ठ नागरिक शाखाका प्रमुख सुमित्रा थापा मगरले गरेको थियो । कार्यक्रममा अभिभावक र बालबालिका गरि ५० जनाको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *