आजपनि तराईमा अत्याधिक गर्मी ,पहाडमा हल्का वर्षाको सम्भावना

पाँजलो न्युज
३१ जेठ २०८० १:५२
आजपनि तराईमा अत्याधिक गर्मी ,पहाडमा हल्का वर्षाको सम्भावना

धनगढीः हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको महाशाखाले जनाएको छ।

बुधवार पनि देशका केही स्थानमा वर्षाको सम्भावना छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र मधेश प्रदेशलगायत बाँकी पहाडी भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहान कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्य वर्षा भइरहेको छ। महाशाखाका अनुसार मध्य तथा पश्चिम तराईका भू–भागमा भने अत्यधिक गर्मी हुने सम्भावना कायमै रहेको छ। मनसुन भित्रिन बाँकी रहेका कारण तापक्रम घट्न नसकेको मौसमविद्ले जनाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *