डोटी/ डोटीको शिखर नगरपालिकामा किशोरीहरूका लागि दस दिने जीवन उपयोगी सीप विकास तालिम सम्पन्न भएको छ । किशोरीहरूको क्षमता अभिवृद्धि गर्नका लागि सामाजिक विकास शाखा राजपुरको आयोजना र शिखर नगरपालिकाको सहजीकरणमा दस दिने तालिम सञ्चालन गरिएको थियोे । कार्यक्रममा शिखर नगरपालिकाका ११ वटै वडाका २५ जना किशोरीहरूको सहभागीता रहेको थियोे । दस दिन सम्म तालिममा सिकेका कुराहरूलाई व्यवहारमा लागू गर्नुपर्ने शिखर नगरपालिकाका नगर प्रमुख दिर्घ बहादुर बलायरले सहभागी किशोरीहरूलाई अनुरोध गरेका छन् । उनले पछिल्लो समयमा सामाजिक सञ्जालको दुरुपयोग भएको छ यस कारण पनि समाजमा विकृति बढ्दै गएको र यस्ता खाले विकृति रोक्न किशोरीहरूले पनि अगाडि बढ्नुपर्ने बलायरले बताए । परिवर्तन आफूबाट सुरूवात गर्नुपर्ने हुन्छ तब मात्रै समाजको परिवर्तन हुने गर्छ शिखर नगरपालिकाका नगर उप प्रमुख सुनिता रावल जोराले बताइन् । उनले अहिले क्षमता अभिवृद्धि गर्नका लागि घरपरिवार र समाजले रोक्दैनन् त्यसैले किशोररूहरूलाई सहज भएको छ जोराले भनिन् । किशोरीहरूले तालिममा सिकेका कुराहरूलाई समाजमा रहेका अन्य किशोरीहरूलाई पनि भन्नू पर्ने र समुदायमा भएका विकृति विसंगति जस्ता सवालहरूमा बोल्न आग्रह समेत जोराले गरिन् । दस दिन सम्म तालिममा सिकेका कुराहरू हाम्रो लागि प्रभावकारी भएको शिखर नगरपालिका वडा नम्बर छ का किशोरी सहभागी गीता बलायरले बताइन् । त्यसैगरी अर्का सहभागीले आगामी दिनमा यस्ता खाले जीवन उपयोगी तालिमहरू नगरमा मात्रै नभएर वडा स्तरीय पनि हुनुपर्ने शिखर नगरपालिका २ का सहभागी किष्णा कार्कीले भनिन् । उनले तालिममा जतिपनि कुरालाई हामीले सिक्ने अवसर पायौं यो एकदमै राम्रो भएको र यसरी लामो समयमा तालिम सिक्ने अवसर पनि पहिलोपटक पाएको उनको भनाइ रहेको थियोे । दस दिनको जीवन उपयोगी सीप विकास तालिमका प्रशिक्षक महिला बालबालिका तथा जेष्ठनागरिक शाखा प्रमुख सुमित्रा थापा मगरले गरेका थिए । त्यसैगरी तालिममा सहजीकरण शिखर ६ का नितु मल्ले गरेकि थिइन् ।
प्रतिक्रिया