धनगढी । कैलालीको धनगढीमा रहेको बिद्याभुषण बिद्यालयमा बिद्यार्थीहरुको चुनाब सम्पन्न भएको छ ।
बिद्याभुषण बिद्यार्थी परिषद्को शुक्रवार चुनाव सम्पन्न भएको हो । परिषद्को चुनाबमा ६ जना अध्यक्षका उम्मेद्धवार छन् । ललित बोहरा,लक्की बि.क,प्रदिप नेगी,आरती महता,आयुष पांचकोटी र अभिषेक कार्की अध्यक्षका उम्मेदवार रहेका हुन् ।
त्यस्तै उपाध्यक्षमा निसा चन्द,अपिल विष्ट र मिलन रावल गरी ३ जना चुनाब लडेका छन् । सचिबमा पनि ३ जना छन् । जसमा माया बोहरा,यसोदा पाण्डे र भिजन कुँवर प्रतिस्पर्धि छन् । सहसचिबमा अमृता कठायत, र ममता खड्का रहेका छन् ।
कोषध्यक्षमा ७ जनाको उम्मेद्धवार रहेका छन् । जसमा भावना मडै, स्मृती चन्द,पुजना फुलारा, सुरक्षा समान्त, यूनिसा चौधरी, पुष्पा बोहरा र स्नेहा भण्डारी रहेका छन् भने सहकोषाध्यक्षमा बिद्या सिंह, प्रितिका चन्द र प्रतिभा विष्ट गरी तिन जना चुनाबी मैदानमा रहेका छन् ।
सदस्यहरुमा २५ जना उम्मेदवार जसमा सात जना मात्रै सदस्य छनौट हुने छन् ।
बिद्यालय कप्तानको लागी ३ जनाको उम्मेद्धरी छ । अनमोल कुवँर निरज राना र अपिल विष्ट रहेका छन्, भने उप कप्तानमा पनि ३ जना पतिस्पर्धी छन् । निसा चन्द, धिरज राना र समिर कठायत रहेका छन् ।
बिद्यालयको ल्याङगोईज कप्तानमा एलिसा साउँद र किसोर पन्त गरी दुई जनाको रहेका छन् भने उपकप्तानमा पेरीना बोहरा, यसोदा र भिजन कुवँर गरी तिन जना उम्मेदवार रहेका छन् ।
मतदान सम्पन्न भई सकेको र मतगणनाको नतिजा आईतवार आउने बिद्यालयले जानाएको छ ।दुई सय ८५ जना बिद्यार्थीहरुले मतदान गरेका थिए जसमा कक्षा ४ देखि कक्षा १० सम्मका बिद्यार्थीहरुको सहभागीता रहेको छ ।
यो सङ्गठनको मुख्य उद्देश्य शैक्षिक क्षेत्रलाई शिक्षाको गुणस्तर वृद्धि गर्नु रहेको छ। हाल यस विभिन्न शैक्षिक तथा सामाजिक कार्यक्रम गर्दै आइरहेको छ।
प्रतिक्रिया