डोटीमा प्रेसर कुकर बम भेटियो नेपाली सेना द्धारा डिस्पोजल

गणेश मौनी
१९ जेठ २०८० १०:२२
डोटीमा प्रेसर कुकर बम भेटियो नेपाली सेना द्धारा डिस्पोजल

 डोटी ।डोटीको दिपायल सिलगढी नगरपालिका वडा नम्बर ६ सिलगढीमा प्रेसर कुकर बम फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीको मुल गेट निमार्ण कार्य भईरहेको अवस्थामा भित्ताको साईडमा माटो खन्ने क्रममा बिहान ७ बजेर ४० मिनेटको समयमा पुरिएर खिया लागेको अवस्थामा प्रेसर कुकर बम भेटिएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरिक्षक लक्ष्मीराज जोशीले बताउनु भयो ।
बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोजल गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *