डोटी– पत्रकारिता पेशालाई मर्यादित बनाउन पत्रकार महासंघ डोटी शाखाले पत्रकारिता छोडी अन्य पेशा अंगालेका तथा निस्कृय रहेका आफ्ना विभिन्न २३ जना पत्रकारहरुलाई बिदाइ गर्ने भएको छ ।
महासंघको केन्द्रिय समितिले तयार गरेको सदस्यता सुद्धिकरण मापदण्डलाई कार्यान्वयन गर्दै २३ जना सदस्यलाई बिदाइ गर्ने निर्णय गरेको पत्रकार महासंघ डोटी शाखा अध्यक्ष मोहन शाहीले जानकारी दिए । पत्रकारहरुको सुद्धिकरण अभियान देशव्यापी चलेको छ । शाखा अध्यक्ष शाहील पत्रकारिता क्षेत्रमा पु¥याएको योगदानको कदरस्वरुप सम्मान तथा बिदाइ कार्यक्रमको आयोजना गरिने समेत बताएका छन् ।
बिहीबार महासंघको सिलगढी स्थित कार्यालयमा पत्रकारहरुका वैचारिक संगठनका प्रमुखसंग बसेको सर्वपक्षिय बैठकले सो कुराको टुंगो लगाएको हो । बैठकमा पत्रकार महासंघका अध्यक्ष मोहन शाही, सचिव पवन महरा, कोषाध्यक्ष चक्र कुँवर तथा प्रेस युनियन डोटीका अध्यक्ष प्रकाश बम, प्रेस सेन्टरका अध्यक्ष रोजेन्द्र जोशी, समाजबादी प्रेस संगठनका नवराज जोशी लगायतका पत्रकारहरुको उपस्थिती रहेको थियो । कुनै कालखण्डमा पत्रकारिता क्षेत्रमा योगदान पु¥याएपनि पछिल्लो समय निस्कृय रहेकालाई स सम्मान बिदाइ गरेर बाँकी रहेका सदस्यहरुको नविकरणका लागि प्रदेश र केन्द्रिय समितिमा सिफारिस गर्न सर्वपक्षिय बैठकले निर्णय गरेको छ ।
डोटी शाखामा ८८ सदस्यहरु रहेका छन् । समाजबादी प्रेस संगठनका अध्यक्ष नवराज जोशीले पत्रकारिता पेशालाई मर्यादित बनाउन सुद्धिकरण अभियानलाई सबैले इमानदारी पूर्वक कार्यान्वयन गर्नु पर्ने बताए ।
त्यस्तै वैठकले डोटीका पुराना पत्रकार धन बहादुर मल्ललाई मानार्थ सदस्यता दिनका लागि केन्द्रमा सिफारिस गर्ने निर्णय समेत गरेको छ । ८६ बर्षे मल्लले २०१७ सालमा राष्ट्रिय समाचार समितिको उपत्यका बाहिरको पहिलो संवाददाताका रुपमा डोटीमा बसेर पत्रकारिता गरेका थिए ।
त्यस्तै १२ जना पत्रकारलाई नयाँ सदस्यता दिने निर्णय समेत गरिएको छ ।
प्रतिक्रिया