डोटी ।नेपाल शिक्षक महासंघ डोटीको अध्यक्षमा पुरन बहादुर खड्का चयन भएका छन् ।
सोमबार जिल्ला सदरमुकाम सिलगढीमा सम्पन्न भएको दोस्रो जिल्ला अधिबेशनले खड्को नेतृत्वमा जिल्ला कार्य समिति चयन गरेको हो ।
अन्य पदाधीकारीमा सह अध्यक्ष भरत बोहरा, उपाध्यक्ष दिपेन्द्र खड्का, उपाध्यक्ष गौरी आउजी, सचिब भिम बहादुर डुम्रेल, सह सचिब राम बहादुर रावल, सह सचिब अमृता पोखरेल, अर्थ सचिब गणेश भट्ट, संस्थागत सह सचिब दिल बहादुर बलायर, संस्थागत सहसचिब डिल्ली प्रसाद दाहाल चयन भएका छन् । त्यस्तै सदस्यहरुमा बिजय राज श्रेष्ठ, चन्द्र माझी, यज्ञराज अवस्थी, निमर्ला रोस्यारा, भागरथी कुमारी मडै, इन्द्र बम, तुलाराम साउँद, जितेन्द्र धामी, केशब बोहरा, माधब प्रसाद भट्ट र यज्ञ बहादुर राना चयन भएका थिए ।
जिल्ला अधिबेशनले प्रदेश र संघका महाधिबेशन प्रतिनिधीहरु पनि चयन गरेको छ । प्रदेश महाधिबेशन प्रतिनिधीमा रामचन्द्र जोशी, विष्णुमायाँ बोगटी, कर्ण बहादुर रोकामगर, अम्बिका राई र मोहन सिंह खड्का रहेका छन भने संघिय महाधिबेशन प्रतिनिधीमा काशिराम पाठक, नबराज जोशी, घण्टेश्वरी जोशी, गणेश बहादुर कठायत रहेको नेपाल शिक्षक महासंघले जनाएको छ । संघ र प्रदेश महाधिबेशन प्रतिनिधीमा केही थप गरिने समेत आयोजकले जनाएको छ ।
प्रतिक्रिया