बझाङमा छोटो दुरीमा चल्ने सवारी साधनको तोकियो भाडा दर

पाँजलो न्युज
१३ जेठ २०८० ८:२९
बझाङमा छोटो दुरीमा चल्ने सवारी साधनको तोकियो भाडा दर

बझाङ। बझाङका विभिन्न स्थानहरुमा छोटो दुरीमा चल्ने सवारी साधनको भाडा दर तोकिएको छ। छोटो दुरीमा चल्ने सवारी धनीहरुले मनोमानी रुपमा भाडा अशुलेको जनगुनासोपछि प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले भाडा दर तोकेको हो।

केहिदिन अगाडी स्थानीय सडकमा चल्ने सवारी साधनको प्रमुख जिल्ला अधिकारीसहितको टोलिले छड्के अनुगमन गरेको थियो।२०७९ असोज १४ गते सर्बदलिय बैठक बसि तोकिएको भाडादरलाइ प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेले लागु गर्न निर्देशन दिएपछि उक्त भाडादर कार्यान्वयनमा ल्याइएको हो। उक्त बैठकमा पक्कि सडक खण्डमा ९ रुपैया र कच्चि सडक खण्डमा २० रुपैया तोकिएको थियो। तोकिएको भाडादर अनुसार चैनपुर देखि मेल्लेख सम्म ३ सय ६०, सुबेडा सम्म ६३ रुपैया, तमैल सम्म १ सय ८, मालुमेला १ सय ३५, बगडगाउ १ सय ५३, भाँडे सम्मको २ सय ७, झनाना २ सय २५, झोता सम्म २ सय ८८, रायल ३ सय ६० र देउरा सम्मको ३ सय ९३ रुपैया तोकिएको छ।

यस्तै चैनपुर देखि बागथला सम्मको ४ सय ३२ रुपैया, धरान बजार सम्मको ४ सय ६८, सुनकुडा सम्मको ४ सय ९५, देउलेख सम्मको ५ सय ५८ र मेल्लेख देखि भाडे सम्मको ४ सय ४० रुपैया तोकिएको छ।बैठकले चैनपुर देखि सेलागाउ सम्मको ६० रुपैया तोकेको छ भने पावर हाउस सम्मको १ सय २०, दोगडि सम्म १ सय ४०, धनधारा सम्मको २ सय ६०, दौलिचौर सम्म ३ सय २०, सुर्मा सम्मको ४ सय ४० रुपैया, चैनपुर धामी गाउको भाडादर १ सय २०, बित्थडचिर देखि बुङगल सम्म २ सय ४० र मौरीबगर देखि चौधारीसम्म १ सय ६० रुपैया भाडादर तोकेको छ।

त्यसका साथै चैनपुरदेखी भोपुर सम्म ४०, सुनिगाड सम्म १ सय, धोना सम्म २ सय २०, रुपातोलासम्म ३ सय ८०, तल्कोटसम्म ४ सय ६०, स्याडासम्म ५ सय ६० र चैनपुर सुनिकोट सम्मको १ सय ४० रुपैया भाडा कायम गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङले जनाएको छ। तोकिएको भाडा भन्दा बढि भाडा नतिर्न र सबारी चालकहरुले बढि भाडा लिएको खण्डमा जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरी कार्यालयमा खबर गर्न अनुरोध गरीएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *