रास्वपा अमेरिकी गुप्तचरको संलग्नतामा बनेको पार्टी हो – महासचिव भट्ट

पाँजलो न्युज
४ जेठ २०८० १६:२६
रास्वपा अमेरिकी गुप्तचरको संलग्नतामा बनेको पार्टी हो – महासचिव भट्ट

डोटी–राष्ट्रिय स्वतन्त्र पार्टी अमेरिकाको स्वार्थमा खुलेको पार्टी रहेको आरोप राष्ट्रिय जनमोर्चाका केन्द्रिय महासचिव मनोज भट्टले लगाएका छन् । उनले अमेरिकी गुप्तचरको संलग्नतामा रवि लामीछाने चलीरहेको बताए । राष्ट्रिय जनमोर्चाले संचालन गरिरहेको मेची महाकाली अभियान लिएर गृह जिल्ला डोटी आइपुगेका भट्टले रविको पार्टी वैकल्पीक शक्ति नरहेको तर्क प्रस्तुत गरे । विचार, सिद्धान्त र कार्यदिशा बिहीन पार्टी रहेकाले वैकल्पीक पार्टी बताउन नसकिनेमा उनको जोड थियो ।

अमेरिकाको इशारामा चल्ने ३० लाख क्रिश्चीयनहरुको सहयोगमा ०६४ मा माओवादी र अहिले राष्ट्रिय स्वतन्त्र पार्टीलाई अगाढी ल्याएको उनको तर्क छ । माओवादीबाट स्वार्थपुरा भएपछि अहिले रवि लामीछानेलाई आफ्नो इशारामा घुमाउन थालिएको उनले बताए । ‘नेपालमा २ सय ४७ अन्र्तराष्ट्रिय संस्थाहरु छन् जसमध्य ३ वटामात्र चिनका छन् , अरु सबै पश्चिमा मुलुकका हुन्’, उनले पत्रकार सम्मलेनमा तर्क गरे, ‘अधिकांस संस्था क्रिस्यिनका धर्म प्रचार विभिन्न कोणबाट गरिरहेका छन् जुन अमेरिकाको राजनैतिक हतियार हो ।’

अहिले आफुहरुले गरिरहेको राजनैतिक बिश्लेषण धेरैलाई अपत्यारिलो लागेपनि केही समयपश्चात आम नागरिकले स्विकार गर्नेमा आफू विश्वस्त रहेको उनको भनाइ छ । उनले पश्चिमी देश अमेरिकाबाट राजनैतिक हस्तक्षेप तथा धार्मिक प्रचारप्रसार मार्फत नेपालमा हस्तक्षेप बढाउदै लगेकाले राष्ट्रिय जनमोर्चा जनता माझ आएको उनी बताउछन् ।

पत्रकार सम्मेलन गर्दै नेपालमा अमेरिकाको प्रभाव परेको आरोप राष्ट्रिय जनमोर्चाले मात्र नभएर चिन र भारतले समेत लगाएको बताए । अमेरिकाका प्रतिनिधीहरु नेपालमा आएर तिव्वती सरणार्थी र बौद्ध कहाँ फोटो खिचेर चिनलाई जिस्काउने काम गरिरहेको आरोप भट्टको थियो । सैन्यगठबन्धनमा सामेल गर्न अमेरिकाले लगातार रणनिती खेलीरहेको बताउदै भट्टले यसबाट नेपालको राष्ट्रियता, सार्वभौम र स्वतन्त्रता खतरामा परिरहेको बताए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *