धनगढीमा डुम्राकोट शाही सेवा समाज स्थापना

पाँजलो न्युज
३० वैशाख २०८० १५:१८
धनगढीमा डुम्राकोट शाही सेवा समाज स्थापना

डोटी– डुम्राकोट शाही सेवा समाजले दीलिप शाहीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । डोटीको के.आई.सिंह गाउँपालिका वडा नं.डुम्राकोटका शाही परिवारले स्थापना गरेको शाही सेवा समाजले कैलालीको धनगढीमा शनिबार प्रथम साधारण सभाबाट नयाँ कार्य समिति चयन गरेको हो । सो समितिको उपाध्यक्षमा सत्या शाही, सचिवमा महेन्द्र विक्रम शाही, कोषाध्यक्षमा राजेन्द्र विक्रम शाही, सदस्यहरूमा मान बहादुर शाही, स्वयम्भू शाही र कलावती शाही रहेका छन् । लामो समयदेखि कैलालीमा बस्दै आएका शाही परिवारले धनगढी उपमहानगरपालिका ५ मा संस्थाको स्थापना गरेका हुन् । विभिन्न सामाजिक गतिविधि गर्दै आएका शाही परिवारले सामाजिक कार्य गर्ने उद्देश्य साथ हालै मात्र कानुनी वैद्यता पुरा गर्दै संस्था स्थापना गरेका छन् । संस्थाका अध्यक्ष दिलिप शाहीले मुलपुर्खा अर्जुन शाहीका वंशजहरू बिच पारस्परिक सहयोग सद्भाव एवम् भातृत्व बढाउने तथा इतिहास, कला संस्कृतिको खोज अध्ययन अनुसन्धान जस्ता कृयाकलाप गरिने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *