सरिता कठायत
डोटी / डोटी जिल्लाका वास्तविक किसानहरूको स्थानीय तहहरूले पहिचान गर्नुपर्ने जिल्ला समन्वय समितिका संयोजक लक्ष्मण बहादुर सिंहले बताएका छन् । उनले भीमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा बोल्दै अहिलेसम्ममा सबै स्थानीय तहहरूले चिल्ला कुरा गर्ने र कृषि नगर्ने कतिपय मानिसलाई अनुदान दिएको र वास्तविक किसान पहुँचमा पुग्न नसकेको सिंहको भनाइ रहेको छ । आगामी दिनमा वास्तविक किसानहरूको पहिचान गर्न पालिका कृषि शाखा प्रमुख,स्थानीय सरकार, सरोकारवालाहरूले ध्यान नदिए मैले एक्सन लिने छु सिंहले जानकारी गराएका छन् । ३ जना पुरस्कृत किसानलाई जिल्लामा कृषि क्षेत्रमा अझै उत्कृष्ट बन्नुपर्ने सुझाव समेत सिंहले दिएका छन् । भीमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रम कृषि पेशा सम्मानित पेशा हो त्यसकारण कार्यक्रमको आयोजना गरिएको कृषि ज्ञान केन्द्र डोटीका कार्यक्रम प्रमुख नरेन्द्र पनेरुले बताएका छन् । ८ जना किसानहरूको दर्ता फाराम आएको थियो कृषि उपसमितिले छनोट गरेर ३ जना उत्कृष्ट कृषक छनोट गरिएको हो पनेरुले जानकारी गराए । मंगलबार सुदूरपश्चिम प्रदेश सरकार भुमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय,कृषि विकास निर्देशनालय दिपायलले आयोजना गरेको भीमदत्त उत्कृष्ट कृषक पुरस्कार वितरण कार्यक्रममा ३ जना उत्कृष्ट किसानहरूलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेमा बाख्रा पालनमा शिखर नगरपालिका ११ का कर्ण बहादुर बलायर , तरकारी खेतीमा केआई सिंह गाउँपालिका ६ का हरिलाल जैशि , पशुपालन तथा तरकारी खेतीमा जोरायल गाउँपालिका ३का आकृति कठायत उत्कृष्ट किसानमा पुरस्कृत भएका थिए
। पुरस्कृत किसानहरूलाई नगद रू २५ हजार र प्रमाणपत्र प्रदान गरिएको थियोे । २५ वर्ष भारतमा धेरै कष्टकर जीवन बिताए ४ वर्ष यता कृषि पेशामा लागेर राम्रो आम्दानी गर्दै छु शिखर नगरपालिकाका उत्कृष्ट किसान कर्ण बलायरले बताए । त्यसैगरी लामो समयअगाडि देखि कृषि क्षेत्रमा लागे आजभोलि त गाउँमा अरूलाई पनि कृषिका बारेमा ज्ञान दिने गरेको छु केआई सिंह गाउँपालिकाका हरिलाल जैशिको भनाइ छ । कृषि क्षेत्रमा अहिले जंगली जनावरले धेरै नोक्सानी गरेको छ यो विषयमा चिन्ता छ सरोकारवालाहरूले ध्यान दिनहुन आग्रह गरेका छन् । अरूको जागिर गर्न मन लागेन त्यसकारण कृषि पेसालाई अंगाले र आज एउटै क्षेत्रमा होइन सबै व्यवसाय गरेर राम्रो आम्दानी उत्पादन गर्दै छु जोरायल गाउँपालिकाका आकृतिले भने । मलाई यो क्षेत्र मन परेर लागेको छु यसमा सबैको साथ आवश्यक रहेको उनको भनाइ छ । कृषि र स्थानीय सरकारले निति तय गर्दै छौं जोरायल गाउँपालिकाका उपाध्यक्ष जमुना बोहराले बताएका छन्
। उनले राज्यको लगानीलाई किसानले मनन गरेर कृषि क्षेत्रमा लाग्नुपर्ने बताए । पुरस्कृत भएका तिनै जनालाई गाउँका अन्य किसानलाई पनि अगाडि बढाउन प्रेरित गर्नु होला स्थानीय तहबाट सहयोग गर्नुपर्ने कुरामा पछि नहट्ने जानकारी बोहराले गराएको छ । पालिकाले ५ वर्ष अगाडिबाट उत्कृष्ट किसानलाई सम्मान गर्ने,किसानको विमा गर्ने, कृषि परिचयपत्र बनाउने कार्य गर्दै आएका छौं केआई सिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर शाहीले जानकारी गराएका छन्
। उनले कृषि क्षेत्रलाई अगाडि बढाउनका लागि आर्थिक वर्षमा बजेट छुटाउने छु शाहीले भने । कार्यक्रम समापनमा बोल्दै आगामी दिनमा तरकारी फलफूल,बाख्रा मात्रै होइनन् किसानलाई २२ वटा विधामा प्रतिस्पर्धामा लडाउने छौं कृषि विकास निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशीले जानकारी गराएका छन्
। कृषि मन्त्रालयले ५ वटा कुरामा किसानलाई सहज पुर्याउने तरिकाले अगाडि बढ्दै आएको जोशीले बताए । जिम्मेवार किसानलाई भीमदत्त उत्कृष्ट पुरस्कार,सप लोन १ प्रतिशत व्याजदरमा ८ प्रतिशत प्रदेश मन्त्रालयले तिर्ने,भन्सारबाट आएको महसुल उद्योग गर्नेलाई ५० प्रतिशत अनुदान, विमामा सत प्रतिशत किसान जोड्ने,बिधुतमा कृषि परियोजनका लागि निर्देशनालयबाट सिफारिस गर्ने काम गर्दै आइरहेका छौं जोशीले बताएका छन् । कार्यक्रममा जिल्ला समन्वय प्रमुख, गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, कृषि निर्देशनालयका कर्मचारी,पशु निर्देशनालयका कर्मचारी,स्वास्थ्य निर्देशनालयका कर्मचारी उत्कृष्ट किसान पत्रकारहरूको उपस्थिति रहेको थियोे ।
प्रतिक्रिया