डोटी – नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले कांग्रेस सच्चीएर अघि बढ्नु पर्ने बताएका छन् । सिलगढीमा नेपाल विद्यार्थी संघको आयोजनामा भित्तेपात्रो बिमोचन तथा सम्मान कार्यक्रममा यस्तो बताएका हुन् । उनले पार्टी सभापति शेर बहादुर देखि तल्लो तहको कार्यकर्ता पुरानो शैलीमा भन्दा फरक रणनिती र कार्ययोजनाका साथ अघि बढ्नु पर्ने बताए । कांग्रेसभित्र बसेर कांग्रेसकै आलोचना गर्ने, टिकाटिप्पणी गर्ने तथा आफूले टिकट नपाए उम्मेदवारलाई हराउन खोज्ने प्रबृतीमा सुधार आउनु पर्नेमा उनको जोड थियो । उनले निर्वाचनका बेला कैलाली गएपनि डोटीको बिकासका लागि कहिल्यै पछि नहट्ने आश्वासन समेत दिएका थिए ।
नेबिसंघको संगठनलाई पनि तत्काल बिस्तार गरी अघि बढाउन निर्देशन दिदै आफुले सक्दो सहयोगका लागि तयार रहेको बताए ।

नेपाल बिद्यार्थी संघ डोटीका अध्यक्ष दिपेन्द्र बहादुर सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा बलायर प्रमुख अतिथी रहेका थिए । सो कार्यक्रममा नेबिसंघले विभिन्न क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई कदरपत्र तथा अबिर मालाका साथ सम्मान गरेको थियो । नेबिसंघ अध्यक्ष सिंहले नेबिसंघलाई तत्काल बिस्तार गरी पालिकास्तरमा गठन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सो कार्यक्रममा जिल्ला स्तरका नेता देखि विभिन्न पालिकाहरुका जनप्रतिनिधी तथा जिल्लाका विभिन्न क्षेत्रबाट नेबिसंघका नेताहरुको उपस्थिती रहेको थियो ।
त्यस्तै प्रेस युनियनको भवनको सिलान्यास गर्दै बलायरले समाज र राजनीतिलाई सही बाटोमा डो–याउने दायित्व पत्रकारिताको भएको बताएका छन् ।
‘राजनीति र समाजलाई सही बाटोमा डो¥याउने पत्रकारको दायित्व हो,’ बलायरले भने,‘जसले समाजले दुःख र अप्ठेरो नभोगोस् । समाज र मुलुकको भलाईका लागि पत्रकारिताले भूमिका खेल्नुपर्दछ ।’ यस्तै पत्रकारिताको मर्यादा बचाउने दायित्व पनि पत्रकारकै हातमा रहेको उनले बताए ।
पूर्वमन्त्री समेत रहेका बलायरले पत्रकारमा स्वाभाविक रुपमा सिद्धान्त हुने पनि बताए । ‘पत्रकारसँग सिद्धान्त हुन्छ । सिद्धान्तबिहीन पत्रकार पत्रकार होइन । तर त्यो सिद्धान्त कहाँ प्रयोग गर्ने विवेक पनि पत्रकारमा चाहिन्छ,’ उनले भने ।
डोटी बलायरको गृहजिल्ला हो । बलायर दुई संविधानसभा सदस्य र २०७४ को प्रतिनिधिसभा निर्वाचन डोटीबाटै लडेका थिए । जसमध्ये २०७० सालको संविधानसभा निर्वाचनमा निर्वाचित भएका थिए ।
२०७९ मंसिरमा सम्पन्न प्रतिनिधिसभा निर्वाचन मा बलायर कैलाली–४ बाट चुनिएका सांसद हुन् । उक्त निर्वाचनपछि यसपटक उनी पहिलोपटक गृहजिल्ला आएका हुन् । ८ महिनापछि गृहजिल्ला आएको बताउँदै उनले आफू निर्वाचन जताबाट लडेपनि डोटीको विकास निर्माणका लागि पछाडि नहट्ने प्रतिबद्धता व्यक्त गरे ।







प्रतिक्रिया