जुम्ला। हिम पहिरोमा परेर तीन जनाको मृत्यु भएको छ। शनिवार जुम्लाको पातारासी गाउँपालिका-२ निवासी ३५ वर्षीय वीरबहादुर बोहरा, ४० वर्षीया तारासी सार्की, ३५ वर्षीया पुन्न सार्कीको मृत्यु भएको जनाइएको छ। उनीहरूको मुगुको मुगुम कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु भन्ने लेकमा मृत्यु भएको जुम्ला प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताए।
१५ जनाको टोली शनिवार यार्सा सङ्कलनका लागि उक्त स्थानमा गएको थियो। उनले भने, ‘जिल्ला प्रशासन कार्यालय मुगुले मौसम राम्रो छैन भनेर खुलाएको नै रहिन्छ। जेठ ४ गते देखि मात्रै यार्सा सङ्कलनका लागि अनुमति दिएको थियो । उनीहरूलाई एक पटक फर्काएको थियो। तर, जबरजस्ती गरेर कता कुन बाटोबाट लुकेर गएछन्। घटनाको थप विवरण आउन भने बाँकी रहेको जुम्ला प्रमुख जिल्ला अधिकारी घिमिरेले बताए।
प्रतिक्रिया