सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा कोटाभन्दा कम चामल ढुवानी

पाँजलो न्युज
१९ वैशाख २०८० ७:४५
सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा कोटाभन्दा कम चामल ढुवानी

दिपायल। सुदुरपश्चिम प्रदेशका पहाडी जिल्लामा कोटाभन्दा कम चामल ढुवानी भएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुर्गम तथा पहाडी जिल्लामा सो चामल ढुवानी भएको जनाएको छ ।खाद्य व्यापार कम्पनले सुदुरपश्चिमका पहाडी तथा दुर्गम जिल्लासहित देशभर ९८ हजार क्विन्टलभन्दा बढी चामल ढुवानी भएको जनाएको छ।

व्यापार कम्पनी लिमिटेडले चालु आर्थिक वर्षमा दुई लाख २३ हजार ८७१ क्विन्टल चामल ढुवानी गर्नुपर्ने कोटा निर्धारण गरेको छ । त्यसमध्ये कम्पनीले साउनदेखि चैतसम्ममा ९८ हजार १६१ क्विन्टल मात्र ढुवानी गर्न सकेको छ । कम्पनीले २४ दुर्गम तथा पहाडी जिल्लामा सो चामल ढुवानी गरेको हो। दुर्गम जिल्लाका सर्वसाधारण उपभोक्तालाई सुपथ मूल्यमा चामल उपलब्ध गराउन कम्पनीले चामल ढुवानी गर्दै आएको छ । सरकारले चामल ढुवानीका लागि बजेट विनियोजनसमेत गर्ने गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत दुर्गम जिल्लाका जनतालाई सुुपथ मूूल्यमा चामल उपलब्ध गराउन चालु आर्थिक वर्षमा ४९ करोड रुपियाँ बजेट विनियोजन गरेको थियो।

यो नौ महिनाको अवधिमा सुगम जिल्लामा ६७ हजार १२९ क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ। कम्पनीले दुर्गमसँगै सुगम जिल्लामा चामल ढुवानी गर्दै आएको छ ।यस्तै कम्पनीले ताप्लेजुङमा एक हजार क्विन्टल चामलको कोटा निर्धारण गरेकामा एक हजार १५२ क्विन्टल ढुवानी गरेको छ । सङ्खुवासभाको खाँदबारीमा तीन हजार आठ सय क्विन्टल चामलको कोटा निर्धारण गरिएकोमध्ये एक हजार ७६३ क्विन्टल, भोजपुरमा एक हजार क्विन्टल कोटा निर्धारण गरिएकोमध्ये तीन सय क्विन्टल चामल ढुवानी भएको कम्पनीले जनाएको छ ।यस्तै सोलुखुम्बुमा चार हजार सात सय क्विन्टल कोटा रहेकामा एक हजार ६१० क्विन्टल, ओखलढुङ्गामा एक हजार पाँच सय क्विन्टल कोटा निर्धारण गरिएकामा १७१ क्विन्टल चामल ढुवानी भएको छ ।

यस्तै खोटाङमा तीन हजार क्विन्टल कोटा निर्धारण गरिएकामा १७१ क्विन्टल, मनाङमा तीन हजार क्विन्टल कोटा निर्धारण गरिएकोमध्ये ७७१ क्विन्टल, गोरखामा पाँच हजार पाँच सय क्विन्टल कोटा निर्धारण गरिएकामा दुई हजार ६१३ क्विन्टल चामल मात्र ढुवानी भएको कम्पनीले जनाएको छ । यस्तै मुस्ताङमा दुई हजार क्विन्टल कोटा रहेकामा ५९० क्विन्टल, रुकुमपूर्वमा तीन हजार क्विन्टल कोटा रहेकामा एक हजार ६२३ क्विन्टल चामल ढुवानी भएको छ । यस्तै रुकुमपश्चिममा १० हजार पाँच सय क्विन्टल कोटा निर्धारण गरिएकामा तीन हजार ४११, रोल्पामा तीन हजार क्विन्टल कोटा रहेकामा एक हजार ३८५ क्विन्टल चामल ढुवानी भएको छ। जाजरकोटमा २१ हजार क्विन्टल कोटा रहेकामा ११ हजार २४२ क्विन्टल चामल, दैलेखमा छ हजार क्विन्टल कोटा रहेकामा तीन हजार ११ क्विन्टल, जुम्लामा १५ हजार पाँच सय क्विन्टल कोटा रहेकामा सात हजार ६२८ क्विन्टल चामल ढुवानी भएको छ। यस्तै कालीकोटमा १० हजार क्विन्टल कोटा रहेकामा चार हजार ७१० क्विन्टल, मुगुमा २५ हजार क्विन्टल कोटा रहेकामा नौ हजार २५२ क्विन्टल, डोल्पामा २६ हजार तीन सय क्विन्टल कोटा रहेकामा १३ हजार ३२२ क्विन्टल चामल ढुवानी भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *