कञ्चनपुर। कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जना कांग्रेस नेताको मृत्यु भएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–४ मा आइतबार राति राति ८ बजे मोटरसाइकलको ठक्करबाट भीमदत्त नगरपालिका–४ गोबरैया का कांग्रेस क्षेत्रीय प्रतिनिधि ६८ वर्षीय महेश्वर भट्टको मृत्यु भएको हो।
भिमदत्त नगरपालिका–१८ का विरेन्द्र रावलले चलाएको म २ प ८३३३ नम्बरको मोटरसाइकलले साइकललाई ठक्कर दिँदा घाईते भएका भट्टको उपचारक्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी प्रकाश डाँगीले घाइते भट्टको उपचारक्रममा धनगढीस्थित मायामेट्रो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए। भट्ट नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि थिए। निजामति सेवाबाट रिटायर्ड भएपछि राजनीतिसँगै महेन्द्रनगरको हाइवे रोडमा हार्डवेयरको पसल खोलेर व्यवसाय गरिरहेका थिए। घर जाने बेला भट्ट दुर्घटनामा परेका थिए।
प्रतिक्रिया